प्रधानमन्त्री ओलीको गृहजिल्लामा ब्यवसायीको हत्या



 

 प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको कमल गाउँपालिका वार्ड नं ६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेल मृत अवस्थामा फेला परेका छन्।

गौरीगंज वार्ड नं ६ बाह्सुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा मृत शरीर मंगलबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।

घटना स्थलमा मे ७ प १९०४ नम्बरको मोटरसाईकल, मोवाइल, व्याग फेला परेको छ। सोमबार बेलुका मृत पौडेल र उनकी श्रीमतीसंगै गौरीगंज बजार आएका थिए।

करिब ६ बजे साँझ श्रीमतीलार्इ नास्ता पसलमा एकछिन बस्नु भनी हिँडेका पौडेल राती ९ बजे मात्र अपहरणमा परेको प्रहरीलाई खबर भएको निरीक्षक पौडेलले बताए।

प्रहरीले राति अबेरसम्म मृत पौडेलको खोजी कार्य जारी राखेका थिए। प्रहरीले एक जना युवकलाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरेको छ।

मृतक पौडेलको घाटी र टाउकोमा छुरा  प्रहार भएको जनाइएको छ। शवलाई पोस्टमार्टमका लागि भद्रपुर लाने तयारी छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्