प्रधानमन्त्री ओलीको गृहजिल्लामा ब्यवसायीको हत्या



हाम्रो इकोनोमि

 

 प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको कमल गाउँपालिका वार्ड नं ६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेल मृत अवस्थामा फेला परेका छन्।

गौरीगंज वार्ड नं ६ बाह्सुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा मृत शरीर मंगलबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।

घटना स्थलमा मे ७ प १९०४ नम्बरको मोटरसाईकल, मोवाइल, व्याग फेला परेको छ। सोमबार बेलुका मृत पौडेल र उनकी श्रीमतीसंगै गौरीगंज बजार आएका थिए।

करिब ६ बजे साँझ श्रीमतीलार्इ नास्ता पसलमा एकछिन बस्नु भनी हिँडेका पौडेल राती ९ बजे मात्र अपहरणमा परेको प्रहरीलाई खबर भएको निरीक्षक पौडेलले बताए।

प्रहरीले राति अबेरसम्म मृत पौडेलको खोजी कार्य जारी राखेका थिए। प्रहरीले एक जना युवकलाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरेको छ।

मृतक पौडेलको घाटी र टाउकोमा छुरा  प्रहार भएको जनाइएको छ। शवलाई पोस्टमार्टमका लागि भद्रपुर लाने तयारी छ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...