अनुदानको यूरिया मल काला बजारीको हातमा, किसान दोब्बर मूल्य तिर्न बाध्य



हाम्रो इकोनोमि

 

जिल्लामा अनुदानित यूरिया मल अभाव भएपछि किसानहरू चर्काे मूल्य तिर्न बाध्य छन्। साउनदेखि नै अनुदानित मल अभाव हुँदा किसानले दोब्बर पैसा तिरेर एमोनियम सल्फेट(चिनी मल) खरिद गरिरहेका छन्।

 

साउनपछि एकपटक मात्र मल आएकाले ५० प्रतिशत मात्रै माग धान्न सकिएको कृषि सामाग्री कम्पनी लिमिटेड चितवनका प्रमुख रविन्द्र गौतम बताउँछन्। चितवनमा धानका लागि करिब  एकहजार ५०० मेट्रिक टन मल आवश्यक पर्छ। पारवहनमा भएको समस्याले भारतबाटै नियमित आपूर्ति हुन नसकेको बताइन्छ।

 

‘मल नभएर भन्दा नियमित आपूर्ति हुन नसकेको हो, देशभर गरेर करिब १३ हजार मेट्रिक टन आयो, अझै १२ हजार मेट्रिक टन आउन बाँकी छ’ गौतमले भने। गौतमका अनुसार चितवनमा एक महिना ५०० मेट्रिक टन मल आएर पनि किसानलाई वितरण भइसकेको छ।

 

अझै ४०० मेट्रिक टन मल आउन बाँकी छ। जिल्लामा पनि ५० प्रतिशत नै माग पूरा भएको र अझै ५० प्रतिशत माग रहेको गौतमको भनाइ छ। अहिलेको मौसममा धानखेतीका लागि अत्यावश्यक हुने अनुदानित यूरिया मल साउनको दोस्रो सातादेखि अभाव हुँदा किसान मारमा छन्।

 

अनुदानित मल अभाव भएपछि किसानहरु निजीस्तरको मल चर्काे मूल्य तिरेर खरिद गर्न बाध्य भएका छन्। चितवनमा भदौ महिनामा १ हजार ५०० मेट्रिक टन मल खपत हुन्छ। जिल्लामा साल्ट ट्रेड्रिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले मलको आपूर्ति गर्छन्। दुवै स्थानमा मल अभाव छ।

 

अनुदानिय यूरिया मलको मूल्य प्रतिबोरा ७६५ पर्छ र तर बजार चिनीमलको मूल्य एक हजार ३०० माथि छ।  मल अभाव भएपछि किसानलाई सहजताका लागि प्रतिबोरा रु २५ घटाएर एमोनियम सल्फेट बिक्री गरिरहेको साल्ट ट्रेड्रिङ कर्पाेरेसन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहाल बताउँछन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...