बुहारी बलात्कार गर्ने प्रधानाध्यापक पक्राउ



हाम्रो इकोनोमि

 

 

दार्चुलाको अपि हिमाल गाउँपालिका वडा नम्बर ४ का एक प्रधानाध्यापक बुहारीलाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार सोही गाउँको तामाखानी भगवती निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक दानसिंह धामीलाई पक्राउ गरेको हो ।

स्थायी शिक्षक धामी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका दार्चुलाका जिल्ला सदस्य पनि हुन् ।  धामीले बुहारीलाई २०७१ सालमा दार्चुलाको गोकुलेश्वरको एक होटल र गत अषाढमा पुनः अत्तरीयास्थित आफ्नै घरमा जर्वजस्ती बलात्कार गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

पीडित महिला एकल महिला समेत हुन । बिहे गरेको १ वर्षमा श्रीमानको मृत्यु भएपछि ती महिला परिवारको सहारामा बस्दै आएकी थिइन् । पीडित महिलाले ससुराले पटक-पटक बलात्कार गर्ने गरेको कसैलाई भने छोरासहित मार्ने धम्की दिने गरेको बताइन् ।

 

 

पीडितका अनुसार प्रधानाध्यापक धामीले बुहारीलाई  घरमा कोही नभएको बेला औषधि समेत खुवाएर बलात्कार गर्ने गरका थिए ।   पीडित महिलाले ससुराले आफूलाई बलात्कार गरेकोबारे सुनाउँदा परिवारले घरबाट निकालासमेत गरेको बताइन् ।

आरोपित शिक्षक धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले ७ दिने म्याद थप गरेर अनुसन्धान गरिरहेको बताएको छ । पीडित महिला, महिला पुनस्थापना केन्द्र धनगढीको सेफ हाउसमा छन ।

 

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...