दुई छोरालाई झुन्ड्याएर आमाले गरिन् आत्महत्या : कान्छोको मृत्यु, जेठो घाइते



हाम्रो इकोनोमि

 

 

मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीकी २९ वर्षीय कविता यादवले आफ्ना दुई छोरालाई झुन्ड्याएर आफूले पनि सोमबार बिहान आत्महत्या गरेकी छन्।

छोरा १० वर्षीय निशान यादव र ५ वर्षीय अमन यादवलाई घरकै बलोमा झुन्ड्याएर आमा आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए।

उनका अनुसार दुबै छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि आमा आफूले पनि एक तले घरको बलोमा डोरीको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको खुलेको हो।

प्रहरीका अनुसार बिहान ६ बजेतिर सुरुमा दुबै छोरालाई डोरीले झुन्ड्याएपछि आमा आफू पनि झुन्डिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरी घटनास्थलमा पुग्दा बिहान साढे १० बजे कान्छो छोरा अमन र आमाको शव घरको बलोमा झुन्डिएको अवस्थामा फेला परेको केसीको भनाइ छ। ‘कान्छो छोराको शव आमासँगै एउटै बलोमा झुन्डिएर मृत्यु भएको अवस्थामा फेला प¥यो,’ उनले भने, ‘जेठो छोरा निशानलाई झुन्ड्याएको डोरी भने छिनेको अवस्थामा पाइयो।’

उनका अनुसार घटनास्थलको प्रकृति हेर्दा आमाले आफू झुन्डिएर आत्महत्या गर्नु अघि दुबै छोरालाई झुन्ड्याएर हत्या गर्न खोजेको देखिन्छ।

झुन्ड्याएको डोरी छिनेका कारण बाँचेका जेठो छोरालाई भने घाइते अवस्थामा प्रहरीले उपचारका लागि विराट नर्सिङ होममा लगेको छ।

एसपी केसीका अनुसार घाइते अवस्थामा घरै भित्र भेटिएका निशानको भने झुन्ड्याउने क्रममा घाँटीमा लागेको डोरीको डोव छ। ‘आमाले झुन्ड्याएका मध्ये कान्छो छोराको मृत्यु भएछ,’ उनले भने, ‘डोरी छिनेका कारण जेठो छोरालाई भने घाइते अवस्थामा भए पनि जीवितै भेटियो।’

दुबै बालक नजिकैको स्कुलमा पढ्ने गर्थे। प्रहरीका अनुसार बिहान १० बज्दा पनि दुबैजना स्कुल नपुगेपछि स्थानीय बासिन्दाले गएर हेर्दा घरमा भित्रबाट आग्लो लगाएको देखेर होहल्ला गरेका थिए।

घर बाहिर होल्ला हुन थालेपछि झुन्ड्याएको डोरी छिनेर बाँच्न सफल भएका कविताका जेठो छोरा निशान घर भित्र रुन र कराउन थालेका थिए।

भित्रबाट ढोका बन्द गरिएको घरमा बच्चा रुन थालेको सुनेपछि प्रहरीलाई खवर गरिएको वडा सदस्य गाडीलाल सिक्दारले बताए। उनका अनुुसार प्रहरी पुगेर घरको ढोका खोलेपछि कान्छो छोरा र आमाको शव झुन्डिएको अवस्थामा फेला परेको थियो भने जेठो छोरा रोइरहेका थिए।

स्थानीय बासिन्दाका अनुसार कविताका पति अमरलाल यादवको दुई वर्ष अघि नै निधन भइसकेको थियो। सोही घरमै बस्दै आएकी कवितासँग केही समयदेखि भारतको फारवेशगन्ज घर र विराटनगरमा काम गर्दै आएको बताउने रामदेव झा बस्दै आएका थिए।

‘कविताले दोस्रो विवाह गरेको र रामदेवलाई कान्छो पति भनेर भन्ने गर्थिन,’ वडा सदस्य सिक्दारले भने, ‘केही समयदेखि दुईजना सोही घरमा संगै बस्दै आएका थिए।’

कविताले कान्छो पति भनेर वरपर चिनजान गराएका रामदेव चार-पाँच दिनमा एक पटक त्यहाँ आएर कवितासँगै बस्ने गरेको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई गराएका छन्। कविताका दुबै छोरा भने पहिलाका पति अमरलालतर्फका हुन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...