बिचौलियासहित प्रहरी निरीक्षक यसरी परे अख्तियारको फन्दामा



हाम्रो इकोनोमि

 

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक गणेशसिंह महता र बढैयाताल गाउँपालिका- ७ निवासी स्थानीय मैया पौडेललाई अख्तियारले पक्राउ गरेको छ।

 

पक्राउ परेका केटाकेटीलाई हिरासतबाट छुटाउन भन्दै ३० हजार रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जले पक्राउ गरेको हो।

 

घुस लिएको आरोपमा दुवैजनालाई अख्तियारको टोलीले मैनापोखर इप्रकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए ।

 

पक्राउ परेका केटाकेटीलाई बिहान छोड्ने बेलामा उनीहरुले पैसा लिएको डीएसपी बोगटीले बताए।

 

 

रुपन्देहीमा युवतीको अर्धनग्न अवस्थामा शव फेला

 

रुपन्देहीको सूर्यपुरा पुलमा एक युवतीको अर्धनग्न अवस्थामा शव फेला परेको छ । शुद्धोधन गाउँपालिका–७ दानव नदी छेउमा सोमबार बिहान करिब २२ वर्षीया युवतीको शव फेला परेको हो ।

गाई चराउन गएका स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि इलाका प्रहरी कार्यालय छपिया र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल गएको थियो ।

युवतीको घाटीमा निलडाम छ । प्रहरीले शव नजिकै महिला र पुरुषका चप्पल फेला पारेको छ ।

युवतीको बलात्कार पछि हत्या गरेको स्थानीयको दाबी छ । हत्या कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमोद ढुंगानाले घटनास्थलको अध्ययन र शवको परीक्षणपछि कारण पत्ता लाग्ने बताए । शव अहिले पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पताल ल्याइएको छ । युवतीको पहिचान समेत नखुलेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...