नयाँ प्रधानसेनापति आउनेवित्तिकै भारतलाई लाग्यो यस्तो झट्का



 

बिम्स्टेकको नाममा भारतको पुणेमा हुने भनिएको संयुक्त सैन्या अभ्यास नेपाली सेनाले सहभागी नहुने भएको छ ।

 

पुणेमा सोमबारदेखि बिम्स्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास हुँदैछ । यो सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुनेछैन । नेपाली सेनाले पाँच जना अधिकृतसहित ३० जनाको टोली भारत पठाउने तयारी गरेको थियो ।

 

सैनिक जनसम्पर्क निर्देशनालयका सहायक रथी एवम् प्रवक्ता गोकुल भण्डारीले नेपाली सेनाको टोली भारतको पुणे नगएको जानकारी दिए । सेनाले संयुक्त सैन्य अभ्यासमा जान रक्षा मन्त्रालयबाट स्वीकृति माग गरेपनि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा स्वीकृति नदिइएको हो ।

 

रक्षा मन्त्रालयले सेनालाई संयुक्त सैन्य अभ्यासमा पुणे नजान भनेर औपचारिक पत्र दिएको छैन । सोमबारदेखि संयुक्त सैन्य अभ्यास शुरु हुनै लाग्दा सेनाको टोली अहिलेसम्म गएको छैन ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक राष्ट्रका सैनिकको संयुक्त अभ्यास हुन लागेको जानकारी दिएका थिए । सैन्य अभ्यासका बारेमा संसदमा प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले सैन्य अभ्यास नभई तालिम भएको दाबी गरेका थिए ।

 

बरु नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच यही असोज १ गतेदेखि सैन्य अभ्यास हुनेछ । ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करणको अभ्यासमा दक्षिण पश्चिमी चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दुमा हुन लागेको छ । सैन्य अभ्यास १२ दिनसम्म चल्नेछ ।

उत्पात मच्चाएको आरोपमा नेकपाका चारजना पक्राउ

सिरहामा विभिन्न आपराधिक घटनामा संलग्न रहेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार जना नेता–कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी नगरपालिका वडा नम्बर १२ बाट शनिबार बेलुका नेकपाका सिरहा जिल्ला सेक्रेटरी शाहस, अखिल नेपाल महिला संघ क्रान्तिकारी सिरहाका अध्यक्ष ज्ञानु सर्दा, महिला संघ जिल्ला सचिव कान्छी सर्दा र सदस्य चुम्बुन सर्दा पक्राउ परेका छन् ।

 

पक्राउ परेका उनीहरूलाई चन्दा उठाएको, विभिन्न विस्फोटकका घटना गराएको लगायतका आरोप प्रहरीको छ ।

 

यसअघि उत्पात मच्चाएको अभियोगमा प्रहरीले नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो र पोलिटब्युरो सदस्यहरू पमद राई, उमा भुजेल, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरू दीपेश राई, टेकबहादुर केसी, असल खड्का, देवनाराण शाहलगायत दर्जनौं नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् ।

पूरक बजेटको हल्ला, विश्लेषक भन्छन्– सरकारलाई आफैंमाथि विश्वास छैन !

चालू अर्थिक वर्ष शुरू भएको ३ महिना बित्नै लागेका बेला पूरक बजेट ल्याउने विषय बहसमा आएको छ । सरकारले आधिकारिक रूपमा नभने पनि सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो संकेत गरेका हुन् ।

आफ्नो तीन दिने भारत भ्रमणका क्रममा दिल्लीमा प्रचण्डले पूरक बजेट आउन सक्ने बताएका थिए । आइतवार भारतबाट फर्किने क्रममा उनले यस सम्बन्धमा प्रधानमन्त्रीसँग पनि केही कुराकानी भएको तर, कुनै निर्णय नभएको बताए ।

 

पूरक बजेटका विषयमा चर्चा त भइराखेकै छ । हामी दुई अध्यक्षबीचको कुराकानीमा पनि यो प्रसंग नआएको होइन । जरुरी पर्‍यो भने पूरक बजेट ल्याउन पनि पर्छ भनेको हो,’ प्रचण्डले भने ।

 

वृद्ध भत्तासम्बन्धी जेष्ठ नागरिकहरूको गुनासो सम्बोधन गर्नुपर्छ भन्ने अर्थमा आफूले त्यस्तो बताएको उनको भनाइ छ । ‘एउटा कुरा त देशभरी जाँदा वृद्धभत्ता एक पैसा पनि नबढाएकोमा साह्रै पीडा भयो भन्ने जनगुनासो आएकाले वृद्धभत्ताकै लागि भए पनि पूरक बजेट ल्याउनुपर्छ भनेको हो । यो निर्णय भइसकेको कुरा होइन ।’

 

‘सरकारलाई थाहा छैन’

यता सरकार भने पूरक बजेटबारे अनविज्ञ जस्तै देखिन्छ । बजेट ल्याउने वा कार्यान्वयनको जिम्मेवार निकाय अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोग यो विषयमा जानकार ‘छैन’ ।

 

 

अर्थमन्त्रालयमा पूरक बजेट ल्याउनेबारे कुनै छलफल नभएको अधिकारीहरू बताउँछन् । अर्थमन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेल आफूले पत्रिकामा पूरक बजेटको कुरा पढेको तर मन्त्रालयमा कुनै पनि छलफल नभएको बताउँछिन् । उनले भनिन्, ‘हामीले तपाईहरूले लेखेको पढेर थाहा पाएका हौं । यहाँ कुनै कुरा पनि भएको छैन ।’

 

राष्ट्रिय योजना आयोगले पनि यो विषयमा अहिलेसम्म आधिकारिक कुरा नआएको बताएको छ । आयोगका एक पदाधिकारीले भने, ‘बाहिरबाहिर कुरा भएको सुनिरहेका छौं । आधिकारिक रूपमा प्रवेश पाएको विषय भने होइन ।’

 

अहिले पूरक बजेट आवश्यक हो र ? भन्ने लोकान्तरको प्रश्नमा ती अधिकारीले भने, ‘यो राजनीतिक विषय पनि हो । राजनीतिक आवश्यकता अनुसार ल्याउन पनि सकिन्छ ।’

 

अहिलेको अस्थामा आवश्यकता भन्दा पनि राजनीतिक खिचातानीको कुरा मात्रै भएको विश्लेषकहरू बताउँछन् । अर्थ विश्लेषक दीपेन्द्रबहादुर क्षेत्रीका नजरमा सत्तारुढ दलभित्रैको खिचातानी र अविश्वासले पूरक बजेटको कुरा आएको हो ।

 

उनी भन्छन्, ‘तीन महिनाअघि आफैँले ल्याएको बजेटमा अहिले सुधार गर्नुपर्ने थियो भने उतिबेला किन सोचिएन ? अर्को कुरा प्रतिपक्षीले ठीकै भनेपछि यो गलत हो कि भनेर आफैंमाथि पनि शंका गरेका हुन् । अर्थमन्त्रीमाथिको अविश्वास पनि हो ।’

 

बजेटमा कतिपय महत्त्वपूर्ण आयोजनाहरू समेत नसमेटिएर भोकै हुनुपर्ने आवस्थामा रहेकाले पूरक बजेट ल्याउनुपर्ने अवस्था आए पनि यो सत्तापक्षका लागि ठीक कुरा नभएको उनको भनाइ छ ।

 

अर्का विश्लेषक सुरेन्द्र केसी भन्छन्, ‘सामान्य अवस्थामा पुरानो बजेट आइसकेको अवस्थामा सरकार हेरफेर भएर बजेट कार्यान्वयनमा समस्या भए मात्र पूरक बजेट ल्याउने हो । अहिलको अवस्थामा त सामान्य आर्थिक सिद्धान्त विपरीत ल्याउने भनिएको बजेट आर्थिक अनुशासनलाई लात मारेको हो । यो राजनीतिक अकर्मण्यता बाहेक केही होइन ।’

 

उनले सरकारको मनलाग्दीपन, अर्थमन्त्रीमाथिको अविश्वास र अदूरदृष्टिका कारण यो समस्या पैदा भएको बताए ।

 

के हो पूरक बजेट ?

सामान्यतया वार्षिक रूपमा आय र व्ययको विवरण (बजेट) आइसकेपछि पनि विशेष आवश्यकता अनुसार थप गरिएको बजेट पूरक बजेट हो । सामान्यतया बजेट आइसकेपछि सो बजेटले धान्न नसक्ने ठूलो संकट आएमा पुरक बजेट ल्याउने अन्तर्राष्ट्रिय अभ्यास छ ।

 

यस्तै अकस्मात आर्थिक संकट परेको अवस्थामा वा एउटा सरकारले ल्याएको बजेट कार्यान्वयनका बेला नयाँ सरकार आएर बजेट कार्यान्वयनमा समस्या भएको अवस्थामा पूरक बजेट ल्याइन्छ ।

 

चालू आर्थिक वर्ष २०७५/०७६ का लागि अर्थमन्त्री युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १८ लाखको बजेट सिलिङ संसदमा प्रस्तुत गरेका थिए । कूल विनियोजनमध्ये चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४ दशमलव ३ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३ दशमलव ९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात् ११ दशमलव ८ प्रतिशत रहेको छ ।

 

अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाखव्यहार्ने घोषणा गरिएको थियो । अर्थमन्त्री खतिवडाले वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख, राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने खुद १ खर्ब ७२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्