को को बन्दैछन् नयाँ एआइजी ?, वरियता नमिचिए पुष्कर कार्की एक नम्बर



हाम्रो इकोनोमि

 

सरकारले पाँच महिनादेखि रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को बढुवा प्रक्रिया बढाएको छ ।

 

प्रहरी जवान देखि डीआइजी सम्म रिक्त सबै पदमा बढुवा भएपनि गृह र प्रहरी नेतृत्वको अरुचीको कारण एआइजी बढुवा भने रोकिएको थियो ।

प्रधानमन्त्री केपी ओलीले बढुवामा चासो दिएपछि गृहले गृहकार्य थालेको हो । बढुवाको बिषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भारत जानुअघि नै प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

 

प्रचण्ड भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । प्रचण्ड आए लगत्तै सहमति जुटाएर बढुवा समितिको बैठक बोलाउने तयारी छ ।

 

त्यसका लागि गृहसचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयका सचिव र प्रहरी महानिरीक्षक रहेका बढुवा समिति गठन हुन्छ ।

 

सोही समितिको सिफारिसमा सरकारले बढुवा गर्ने नियम छ ।
२७ चैत २०७४ मा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा सर्वेन्द्र खनालको नियुक्तिसँगै एआइजी बढुवा रोकिएको थियो ।

 

यसअघि पनि गृह मन्त्री रामबहादुर थापा, गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अवकासमा जान लागेका डीआइजीलाई बढुवा दिन नहुँने भन्दै बढुवा प्रक्रिया रोकेका थिए ।

 

त्यो सँगै २०४५ असार ३० गते प्रहरी सेवा प्रवेश गरेका उत्तम कार्की, खरेल, जोशी, ज्ञानविक्रम शाह र शरद चन्द ३० वर्षे सेवाअवधिका कारण नियमित अवकासमा गएका छन् ।

यसपछि वरिष्ठ डीआइजी पुस्कर कार्की सहित २०४६ माघ २९ गते सेवा प्रवेश गरेका डीआइजीहरु एआइजीका लागि दावेदार छन् । सरकारको पछिल्लो निर्णयअनुसार नेपाल प्रहरीमा अब तीनवटा मात्रै एआइजीको दरबन्दी कायम छ । खाली यी दरबन्दीमा हालका डिआइजीमध्येबाट तीनजनालाई बढुवा गरिनेछ ।

२०४६ माघ २९ गते सेवा प्रवेश गरेका कार्कीसँगै मनोज न्यौपाने, ठुले राई, धीरु बस्नेत र सुुरेशविक्रम शाह वरिष्ठताका आधारमा अगाडि छन् । उनीहरू सबै १९ साउन ०७४ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । उनीहरूसँगै बढुवा भएका सर्वेन्द्र खनाल अहिले आइजिपी छन् ।

अहिलेका आइजिपी खनाल र एआइजीका दाबेदार एकै ब्याजी हुन् । तर, खनाल आइजिपी भएको यति लामो समय बितिसक्दा पनि उनका ब्याजी डिआइजी नै छन् ।

 

वरियता नमिचिए पुष्कर कार्की एक नम्बर
नेपाल प्रहरीमा प्रहरी निवयमावली, २०७१ अनुसार बढुवा हुँदै आएको छ । नियमावलीअनुसार एआइजीको बढुवा मन्त्रिपरिषद् बैठकले गर्नेछ । गृहका अनुसार एआइजी बढुवा वरिष्ठताकै आधारमा गरिनेछ ।

 

वरिष्ठताकै आधारमा बढुवा हुदा कार्कीसँगै मनोज न्यौपाने र ठुले राई एआइजी हुनेछन् । उनीहरु तीन जना एआइजी बन्ने लगभग पक्का जस्तै छ । तर, रोलक्रम मिलेको छैन ।
कार्की यसअघि आइजिपीको दाबेदार समेत थिए ।

 

गत भदौमा एसएसपीबाट डिआइजीमा बढुवा हुँदा खनाल सबैभन्दा बढी अंकसहित एक नम्बरमा थिए । दुई नम्बरमा रमेश खरेल र तीन नम्बरमा पुस्कर कार्की थिए । खनालले ८४ दशमलव ४७३४ अंक प्राप्त गरेका थिए ।

 

त्यस्तै खरेल र कार्कीले क्रमश ८३ दशमलव ८५१० र ७८ दशमलव २३११ अंक पाएका थिए । तर, खरेलले आइजिपि बढुवामा असन्तुष्टी जनाएर राजिनामा दिइसकेका छन् ।

यसपछि स्वत कार्की पहिलो नम्बरमा छन् । खनाल, खरेल र कार्की २०४६ साल माघ २९ गते सगै निरीक्षकको परीक्षा उत्तिर्ण गरी प्रहरी निरिक्षक भएका थिए । यसअघि खनाललाई प्रमुख बनाउदा रोलक्रम मिचिएको थिएन ।

 

स्रोतका अनुसार यो बढुवामा पनि प्रधानमन्त्री रोलक्रम तलमाथि नपार्ने अडानमा छन् । तर, दोस्रो नम्बरको न्यौपानेले एक नम्बरका लागि व्यापक दौडधुप गरीरहेका छन् । यसअघि पनि नेपाल प्रहरीमा रोलक्रम विवादले तिव्र विवाद भएको कारण प्रधानमन्त्री रोलक्रम मिच्न नुहने अडानमा छन् ।

 

कार्कीले विभिन्न अपराध अनुसन्धानको नेतृत्व गर्दै आएका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रमुख छँदा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर गरेर चर्चामा आएका कार्कीले प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरोमा रहदा निकै सफल कामहरु गरे ।

 

एटिम कार्डबाट ठगी गर्ने गिरोह पक्राउदेखि निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समात्न सफल अप्रेसनको नेतृत्व गरे ।

 

संख्या बढाउने कसरत
सरकारको पछिल्लो निर्णयअनुसार नेपाल प्रहरीमा अब तीनवटा मात्रै एआइजीको दरबन्दी कायम छ । तर, दाबेदार ५ जना छन् । कार्की सहित मनोज न्यौपाने, तेस्रोमा ठूले राई, चौथोमा धिरू बस्नेत र पाँचौँमा सुरेशविक्रम शाह छन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले तीनलाई ५ बनाएर सबैलाई सेटल गर्ने बिषयमा पनि छलफल चलाएका छन् । तर, ३ बाट ५ बनाउने बिषयमा गृहमन्त्री रामबहादुर थापा बादल सकरात्मक छैनन् ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सुस्तामा भारतीय सशस्त्र बल छिरिसक्यो, सरकार के हेरेर बसेको छ : ऐन महर

    सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषय संसद्‍मा उठेको छ...