इलाममा तीनवटा बम भेटियो



हाम्रो इकोनोमि

 

इलामको सदरमुकाम इलाम बजार नजिकैको नारायणस्थानमा तीनवटा बम फेला परेका छन्। नारायणस्थान मन्दिर नजिक रहेको तत्कालीन नेकपा माओवादी केन्द्रको पुरानो कार्यालयमा तीनवटा बम भेटिएको हो। दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।

 

नेकपा एमालेसँग एकीकरण भएपछि माओवादीको जिल्ला कमिटीको कार्यालय रहेको मारवाडी सेवा समाजको दुई तले भवन माओवादीले छाडिसकेको छ। एकान्तमा रहेको भवनमा भेला भएर स्थानीय युवाहरूले लागुऔषध सेवन गर्ने गरेको पाइएपछि प्रहरी भवनमा पुगेको थियो। कोठाहरू खुलै रहेको भवन हेर्दा तीनवटा बम भेटिएको प्रहरीले जनाएको छ। बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको छ।

 

बमलाई डिस्पोज गर्नका लागि नपाली सेनाको पशुपतिप्रसाद गणलाई जानकारी दिइएको प्रहरीले जनाएको छ। तत्कालीन नेकपा माओवादी केन्द्रमा रहेको बम पुरानै भएको बताइएको छ। माओवादी शान्ति प्रक्रियामा आएपछि मारवाडी सेवा समाजको भवनमा जिल्ला कार्यालय राखिएको थियो। उक्त भवन अहिले इलाम नगरपालिकाको स्वामित्वमा ल्याउने प्रक्रिया चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...