हेलिकप्टर दुर्घटनाका ६ जना मृतकको शव काठमाडौँ ल्याइयो



 

नुवाकोटको मैलुङ्गपाखाका शनिबार हेलिकप्टर दुर्घटनाहुँदा ज्यान गुमाएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ ।

 

गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकप्टर शनिबार बिहान नुवाकोटको साबिक मेघाङ गाविस र हालको म्यागङ गाउँपालिका–१ बसुनचेत मैलुङ्गपाखामा दुर्घटनाग्रस्त हुँदा ७ जनाको ज्यान गएको हो । पाइलटसहित सातजना रहेकोमा एकजना भने बाँच्न सफल भएका छन् ।

 

ज्यान गुमाएका ६ जनाको शव आइतबार बिहान अल्टिच्युड एयर, हेली एभरेष्ट र सिम्रिक एयरका तीन हेलिकप्टरले महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल ल्याएका हुन् । हेलिकप्टरमा पाइलटसहित सातजना रहेकोमा ६ जनाको ज्यान गएको हो । एकजना यात्रु भने बाँच्न सफल भएकी छन् । आनी डोल्मा बाँच्न सफल भएकी हुन् । डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८) रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाकी ३७ वर्षीया हीरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–१ का छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ छन् । त्रिविमै पोस्टमार्टम हुनेछ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्