१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकै गाउँका नौ पक्राउ



हाम्रो इकोनोमि

 

१३ वर्षीया बालिका बलात्कार गरेर गर्भवती बनाएको अभियोगमा प्रहरीले देउमाई नगरपालिका वडा नं. ९ का नौजना पक्राउ गरेको छ । एकजनाविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ भने आठजनालाई शनिबार मात्र पक्राउ गरेको हो ।

 

बालिकाको पेटमा २४ हप्ताको गर्भ रहेको जनाइएको छ । उनका हजुरबाले दिएको उजुरीका आधारमा आरोपीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम खुलाउन नमिल्ने बताए ।

 

‘घटनाको थप अनुसन्धानका लागि आठजनालाई पक्राउ गरिएको हो,’ उनले भने, ‘आज पक्राउ परेकालाई आइतबार जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गर्छौँ ।’ एकै ठाउँका ११ जनाविरुद्ध बलात्कारको उजुरी परेको छ ।

 

दुईजना भने फरार रहेको प्रहरीले जनाएको छ । सबैले फरक–फरक समयमा बलात्कार गरेको उजुरीमा उल्लेख छ । उजुरी परेकाहरू १८ वर्षदेखि ६५ वर्षसम्मका छन् ।

 

यसरी सार्वजनिक भयो घटना
बालिकाको पेट बढ्न थालेपछि परिवार र आफन्तले सोधपुछ गरेका थिए । उनले आफ्नै फुपाजुले बलात्कार गरेको बताएकी थिइन् । त्यसपछि स्थानीयले फुपाजुलाई बालिका जिम्मा लगाएर घटना मिलाएका थिए ।

 

गाउँमा नै घटना मिलाए पनि अधिकारवादी संघसंस्था प्रहरीमा पुगेका थिए । प्रहरीले फुपाजुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेको छ । उनको म्याद थप गराउन सरकारी वकिलले बालिकाको बयान लिने क्रममा उनले अरू १० जनाको पनि नाम लिएकी थिइन् ।

 

२४ हप्ताको गर्भ
बालिकाको २४ हप्ताको गर्भ छ । उनी कक्षा ६ मा पढ्छिन् । उनको पेट अस्वाभाविक देखिएपछि परिवार र आफन्तले सोधपुछ गर्दा बलात्कार भएको खुलेको थियो । बालिकाको परिवारको आर्थिक अवस्था कमजोर रहेको स्थानीयको भनाइ छ ।

 

१८ देखि ६५ वर्षसम्मका
बलात्कार आरोपमा पक्राउ पर्नेहरू १८ वर्षदेखि ६५ वर्षसम्मका छन् । सबैभन्दा पहिला पक्राउ परेका बालिकाका फुपाजु ६० वर्षका हुन् । तर, १८ वर्ष भनिए पनि केही १५ वर्षका हुन सक्ने एक स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...