एल्टिच्यूड एयरको हेलिकप्टर धादिङको रि गाउँमा दुर्घटनाग्रस्त (यात्रुको नामावलीसहित)



हाम्रो इकोनोमि

 

गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला परेको छ ।

 

धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ ।

 

स्थानीयले हेलिकोप्टर दुर्घटना भएको भनेर खबर गरेको प्रहरी स्रोतले बतायो । तर प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले हेलिकोप्टरमा कति जना सवार थिए र कस्तो अवस्थामा फेला परेको हो भन्ने विस्तृत विवरण नआएको बताए । उनले भने, ‘हेलिकोप्टर भेटियो भन्ने जानकारीमा आउनासाथ प्रहरी टोली मुभ भइसकेको छ । फोर्स ल्याण्डिङ हो कि दुर्घटना हो भन्ने खुलेको छैन ।’

हेलिकप्टरमा पाइलटसहित एक जापानी नागरिक र ५ नेपाली सवार रहेका थिए ।

 

इलाका प्रहरी कार्यालय सामागाउँ प्रहरी चौकीका अनुसार हेलिकप्टरमा सवार रहेकामा जापानी नागरिक हिरोमी कोमात्सु,  रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका  ल्हो आनी डाेल्पा डिक्की, छोवाङ नुर्बु र सुनिल तामाङ छन् ।

 

यता, धादिङ प्रहरी प्रमुख डम्बर बिसीले भने नुवाकोट र धादिङको सीमामा हेलिकप्टर फेला परेको भन्ने प्रारम्भिक सूचना आफूहरुलाई प्राप्त भएको जानकारी दिए ।

 

‘सम्भावित ठाउँमा खोजीका लागि दार्खा र नुवाकोटबाट प्रहरीको टोली खटाइएको छ,’ उनले भने, ‘हेलिकप्टर फेला परिसकेको अवस्था छैन ।’

गोर्खाको चुमनुब्री गाउँपालिकाको सामागाउँ मनास्लु क्षेत्रमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...