जनताका गुनासा नसुन्ने पाँच मन्त्रीहरु चिन्नुस्



 

पाँच मन्त्रालय मातहतका निकायप्रति जनताको गुनासो चुलिएको छ । गृह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतका निकायले प्रवाह गर्ने सेवा तथा त्यसको पारदर्शितामाथि प्रश्न उठाउँदै हेलो सरकार गुहार्ने क्रम बढ्दो छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहने गरी गुनासो सुनुवाइ तथा समाधान गर्न विसं २०६८ मा हेलो सरकार स्थापना भएपछि हालसम्म ७७ हजार ४८४ गुनासो परेको छ । हेलो सरकारका अनुसार पाँच मन्त्रालय मातहतका निकायमा सेवाग्राहीको सबैभन्दा धेरै गुनासो छ ।

 

सेवाग्राहीको सबैभन्दा बढी गुनासो र असन्तुष्टि गृह मन्त्रालय र यस मातहतका निकायसँग छ । पछिल्लो पाँच वर्षमा सो मन्त्रालयसँग गुनासो गर्दै ११ हजार ६७२ ले दुखेसो पोखेका छन् । गृहपछि सबैभन्दा धेरै गुनासो आउने मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधि छ । हेलो सरकारको तथ्याङ्कअनुसार छ हजार ३२५ जनाले सो मन्त्रालय मातहतका निकायले गरेको कार्यसम्पादनप्रति गुनासो गर्दै कारवाहीका लागि हेलो सरकार गुहारेका छन् ।

 

गुनासो बढी हुने मन्त्रालयको तेस्रो नम्बरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय छ । सो मन्त्रालय मातहतका निकायका कामकारवाहीमा असन्तुष्टि जनाउँदै पछिल्लो छ वर्षमा पाँच हजार ९४८ उजुरी हेलो सरकारमा परेको बेवसाइटमा जनाइएको छ ।

 

सङ्घीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि जनताले कामकारवाही प्रभावकारी ढङ्गले नगरेको गुनासो आएकोछ । हेलो सरकारको तथ्याङ्कअनुसार सो मन्त्रालयसँग सम्बन्धित उजुरीको सङ्ख्या पाँच हजार ४४५ छ ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाँच अत्यधिक गुनासो भएका मन्त्रालयको अन्तिम अर्थात् पाँचौँ नम्बरमा छ । सो मन्त्रालय र मातहतका निकायबाट दुःख पाएपछि तीन हजार २१ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको हेलो सरकारसमक्ष बिन्ती बिसाएका छन् ।

 

भएन गुनासो फछ्र्योट 

हेलो सरकार स्थापना भएको पछिल्लो छ वर्षमा ७७ हजार ४८४ उजुरी सर्वसाधारण नागरिकले गरेका छन् । यसबीचमा सरकारी निकायबाट पाएका सास्ती र भुक्तमान बिसाउँदै गुनासो गर्ने क्रम उल्लेख्य मात्रामा बढेको हेलो सरकारका अधिकारी बताउँछन् ।

 

त्यसमाथि तत्काल गुनासो सम्बोधन गर्ने क्रम भने सन्तोषजनक छैन । गुनासो सुन्ने तर कारवाही नगर्ने प्रवृत्तिले न्याय पाइने आशासहित हेलो सरकारको ढोका ढक्ढकाउन पुगेकाहरु निराश हुने क्रम बढेको छ ।

 

हेलो सरकारका अनुसार ७७ हजार ४८४ गुनासो परेकामा हालसम्म ६१ हजार ४८५ बारे कारवाही भएको छ । यो कूल गुनासोको ७९.३५ प्रतिशत हो । पन्ध्र हजार ९९९ अर्थात् २०.६५ प्रतिशत गुनासो भने फछ्र्योट हुन बाँकी रहेको हेलो सरकारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्