दिल्लीमा प्रचण्डले भने ‘नेपाल–भारत सम्बन्ध पुनः परिभाषित गरौँ’



 

 

पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच सम्बन्धको नयाँ धरातल निर्माणको अवसर आएको बताएका छन् । भारतीय विश्व सम्बन्ध परिषद् (आइसिडब्लुए)ले शुक्रबार अपरान्ह नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले भारतसँग नेपालको सम्बन्ध विशिष्ठ रहेको तर, नयाँ परिप्रेक्ष्यमा परिभाषित गर्नुपर्नेमा आवश्यकता रहेको बताए ।

 

‘पहिला सामन्ती राजतन्त्रात्मक व्यवस्था थियो, अहिले लोकतान्त्रिक परिस्थिति निर्माण भएको छ । नयाँ परिप्रेक्ष्यमा सम्बन्ध परिभाषित गर्ने अवसर आएको छ,’ प्रचण्डले भारतीय बुद्धिजीवी तथा कूटनीतिक समुदायमाझ भने, ‘राजतन्त्रले फुटाउ शासन गरको शैलीमा विदेश नीति सञ्चालन गरेको थियो । अहिले त्यो अवस्था छैन । अहिले भारत र चीनबीच एकअर्काविरुद्ध प्रयोग हुने अवस्था छैन । सर्वसाधारण र नेपालका बुद्धिजीवीले यो कुरामा विश्वास पनि राख्दैनन् ।

 

अर्को सन्दर्भमा प्रचण्डले पार्टी एकताका क्रममा प्रधानमन्त्री केपी ओलीसँग सरकारको नेतृत्व परिवर्तनसम्बन्धी सम्झौता भएको संकेत पनि गरे । पाँच वर्षे कार्यकालमध्ये एक समय ओली र त्यसपछि प्रचण्डले नेतृत्व लिनेबारे सोधिएको प्रश्नमा प्रचण्डले यस्तो बताए ।

 

पार्टी एकताका सन्दर्भमा हामीबीच समझदारी भएको छ, तर त्यसले पाँच वर्षे सरकारको स्थायित्वलाई फरक पार्नेछैन, हामीले जनतालाई चुनावमा अपिल पनि गरिसकेका छौँ,’ प्रचण्डले भारतीय बुद्धिजीवी तथा पूर्वराजदूतमाझ भने, ‘बाँकी के–के घटनाक्रम हुन्छ, तपाईँहरूले थाहा पाइहाल्नुहुनेछ ।’

 

करिब आधा घन्टा प्रस्तुतीकरण र आधा घन्टा भारतीय बुद्धिजीवीका प्रश्नको उत्तर दिएका प्रचण्डले नेपालको विदेश नीतिको प्राथमिकताका साथै शान्ति प्रक्रियामा आउँदाको अनुभव पनि सुनाए ।

 

गृहमन्त्री राजनाथसँग भेट
अध्यक्ष प्रचण्डले शुक्रबार भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । भेटमा प्रचण्डले सीमावर्ती क्षेत्रमा नेपालीहरूमाथि भएका दुव्र्यवहारबारे ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ । जबाफमा गृहमन्त्री सिंहले कुनै घटना हुन नदिने आश्वासन दिएका छन् ।

 

मोदीसँग आज भेटवार्ता
पूर्वप्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार दिउँसो भेटवार्ता हुँदै छ । मोदीनिवास ७ लोककल्याण मार्गमा हुने भेटवार्तामा नेपाल र भारतबीच हालसम्म भएका सहमति र सम्झौता कार्यान्वयनमा प्रचण्डले जोड दिनेछन् ।

 

प्रचण्डले के–के भने ?
– नेपाल भारत प्रबुद्ध समूह (इपिजी)को प्रतिवेदन थाहा छैन, तर त्यसले नेपाल–भारत सम्बन्ध दिगो र सकारात्मक बनाउने गरी सिफारिस गरेको छ भन्नेमा विश्वस्त छु । हाम्रो सम्बन्ध र सहकार्यको स्तर बढाउने यो ऐतिहासिक अवसर हो ।

 

पहिला सामन्ती राजतन्त्रात्मक व्यवस्था थियो, अहिले लोकतान्त्रिक परिस्थिति निर्माण भएको छ । नयाँ परिप्रेक्ष्यमा सम्बन्ध परिभाषित गर्ने अवसर आएको छ । राजतन्त्रले फुटाउ शासन गरको शैलीमा विदेश नीति सञ्चालन गरेको थियो ।

 

अहिले त्यो अवस्था छैन । अहिले भारत र चीनबीच एकअर्काविरद्ध प्रयोग हुने अवस्था छैन । सर्वसाधारण र नेपालका बुद्धिजीवीले यो कुरामा विश्वास पनि राख्दैनन् ।

 

– पृथ्वीनारायण शाहले सामन्ती माध्यमबाट देशको एकीकरण गरे । दुई ढुंगाबीचको तरुल भन्ने व्याख्या प्रतिरक्षात्मक व्याख्या थियो । त्यसमा हामी सहमत छैनौँ ।

– विकसित र समुन्नत छिमेकी (भारत र चीन) हाम्रो उन्नति र आर्थिक विकासका लागि अवसर हुन् । यो नेपाली जनताको साझा बुझाइ हो ।

 

– ऐतिहासिक, सांस्कृतिक, सभ्यता, राजनीतिक हिसाबले नेपाल–भारत सम्बन्ध अर्को देशसँग तुलना हुन सक्दैन । कुनै वेला राजा, महाराजाहरूले यो सम्बन्धलाई अन्तसँग तुलना गर्थे । अहिले यो अवस्था छैन । राजनीतिक लोकतन्त्रका हिसाबले पनि हाम्रो सम्बन्ध युनिक छ । सभ्यता र इतिहासले पनि हाम्रो सम्बन्ध युनिक हुनुपर्छ भन्नेतर्फ हामीलाई सधैँ निर्देशित गर्दै आएको छ । हाम्रो भारत र चीनसँगको सम्बन्ध अलगअलग हुन्, एकअर्कामा तुलनीय छैनन् ।

 

– मेरो पछिल्लो प्रधानमन्त्री कालमा भारत र चीनसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध स्थापित भयो । यसका लागि म भारतीय नेतृत्वलाई धन्यवाद दिन चाहन्छु । मेरो पछिल्लो कार्यकालमा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशत हासिल भयो । मैले त्यसवेला बनाएको सम्बन्धको आधारमा टेकेर वर्तमान सरकारले भारत र चीनसँग सम्बन्ध थप मजबुत बनाएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले सम्बन्ध अत्यन्तै सकारात्मक भएको छ । मेरो समयमा तयार भएको आधारमा यो अवस्था आएको हो । अहिले मोदी र ओली दुवैले सम्बन्ध थप सुदृढ बनाउन खोज्नुभएको छ । भारतसँग सम्बन्ध थप सुदृढ बनाउने विषयमा प्रधानमन्त्री ओली चिन्तित हुनुहुन्छ ।

 

– मेरो नेतृत्वको पछिल्लो सरकार र वर्तमान सरकारबीच म तुलना गर्न चाहन्न । मेरो समयमा कन्फिडेन्सियल र मित्रवत् सम्बन्ध स्थापित भयो । यति मात्रै भन्न चाहन्छु ।

 

– प्रो चाइना र प्रो इन्डिया भन्ने अवधारणा पुरानो हो । ओलीजीलाई २५ वर्षदेखि मानिसले प्रो इन्डियन भन्दै आए । बीचमा तलमाथि भयो । अहिले मोदीसँग सम्बन्ध अत्यन्त राम्रो भएपछि फेरि प्रो इन्डियन भन्न थालेका छन् । त्यसकारण यो -युमर मात्रै हो । बौद्धिक वर्गले नेतृत्वलाई सम्बन्ध सुदृढका लागि उत्प्रेरित गर्नुपर्छ भन्ने म ठान्छु ।

 

– पार्टी एकीकरण हुँदा केपी ओली र मेरो बीचमा सम्झौता भएको छ । तर, सरकारको स्थिरतामा तलमाथि हुँदैन । बाँकी कुरा घटना क्रमले तपाईंहरूलाई बताउने नै छ ।

 

– १२ वर्षे द्वन्द्व र त्यसपछिका १२ वर्षको परिस्थिति विल्कुल फरक परिस्थिति हो । युद्धलाई शान्तिमा बदल्नु जोखिम र चुनौतीपूर्ण कार्य थियो । मेरा लागि यो अवसर थियो । सम्राट् अशोक पछि बौद्धमार्गी भए । मलाई पनि उनीजस्तै बन्ने अवसर प्राप्त भयो । मेरा लागि यो दुर्लभ अवसर हो । मसँग अरू विकल्प पनि थिएन । मैले हतियार र लडाकु व्यवस्थापनको जोखिम लिएँ, जसका कारण पार्टी फुट्यो, हामी तेस्रो भयौँ । यसमा मलाई पछुतो छैन ।

 

– मैले विश्वभरका साथीहरू (माओवादी समूहहरू)लाई भनेको छु, विश्वमा आएको परिवर्तनको लहर बुझ्नुस् । हामीले शान्तिपूर्ण, लोकतान्त्रिक रूपमा श्रमजीवि वर्गको हितमा काम गरेका छौँ । विश्वमा आएको परिवर्तनको लहर नबुझ्ने हो भने अब उनीहरूलाई निकै गाह्रो हुनेवाला छ ।

 

– १२ बुँदे समझदारीमा भारत र अन्य विदेशी मित्रहरूको सहयोग छ । तर, म १२ बुँदेको आधारभूत मान्यताबाट बाहिरिएँ । निर्वाचनपछि सरकारको नेतृत्व गर्ने वेलामा मैले भावनात्मक निर्णय लिएँ (कटवाल प्रकरणतर्फ लक्षित गर्दै) ।

 

अर्को, गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन सकिनँ । उहाँको नेतृत्वमा मुलुकको लोकतान्त्रिक रूपान्तरण भएको थियो, उहाँजस्तो टावरिङ पर्सनालिटी थिएन भने यो सम्भव हुने थिएन । तर, त्यो गल्ती मेरो थिएन, परिस्थितिले मलाई सेन्टिमेन्टल बनायो । म अहिले त्यो अवस्थामा छैन ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्