चाबहिल–साँखु सडकखण्ड : सास्ती कहिलेसम्म ?



हाम्रो इकोनोमि

 

सधैभरिको सास्ती उस्तै छ । परिवर्तनको आभास शून्य वरावर छ । लाग्छ यो सास्ती कहिलेसम्म ? वर्षामा हिलो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोबाट आजित हुनुपरेको अवस्था त छदै छ अझ सडकको हालत हेर्दा सधैभरि उही अवस्था हुँदा भने दिक्क नै लाग्ने खालेको देखिन्छ ।

 

त्यो हो चाबहिल–साँखु सडकखण्डको अवस्था । यो सडकखण्डमा आवतजावत गर्ने सवारीसाधनका चालक र यात्रु दिक्क छन् । बाह्र्रैमासको अवस्था उस्तै छ ।  चाबहिल–साँखु सडकखण्डमा जताजतै खाल्डाखुल्डी मात्रै छन् ।

 

पानी जमेको छ । सडक हिलाम्मे भएपछि सर्वसाधारणले सहजै सडक वारपार गर्न सक्ने स्थिति छैन । सडकमा गिट्टी छरपष्ट छ । दिनहुँ मोटरसाइकल चिप्लिएर पल्टिन्छन् ।

 

तीन वर्षयता सडकको अवस्थामा कुनै सुधार हुन सकेको छैन । धुलोका कारण यहाँका बासिन्दाले सास्ती खेप्नु परेको छ । धुलो आँखामा पस्दा सडक पार गर्न सकिन्न । वर्षामा सधैँ हिलोको डर रहन्छ ।

 

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप यही सडकखण्डमा पर्छ । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सडकका कारण सास्ती खेप्दै आएका छन् । पर्यटक घण्टौँ जाममा पर्दा दिक्क मान्छन् । खाल्डाखुल्डीले विद्यार्थी सबैभन्दा बढी प्रभावित छन् । ठूलो पानी पर्दा सडक खोलामा परिणत हुन्छ ।

 

विसं २०७२ मा सरकारले चाबहिलबाट साँखुसम्मको सडक चार लेनको बनाउने योजना ल्याएको हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सो सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।

 

असोजमा निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । पाँच कम्पनीले एघार किलोमिटर लामो सो सडकखण्ड विस्तार गरिरहेका छन् । आव २०७४÷७५ भित्र सो काम सक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...