प्रेमीसँग मिलेर श्रीमानको हत्या, श्रीमती पक्राउ



 

जिल्लाको सन्धिखर्क नगरपालिका १२ को सल्लीकोटमा बोरामा बाँधेर फालेको अवस्थामा सोमबार भेटिएको शवको पहिचान भएको छ । बोरा भित्र रहेको शव कपिलवस्तु वाणगंगा नगरपालिका–७ धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खिमबहादुर घमले बताए ।

 

श्रीमती राधा जिसीले प्रेमी रमेश बिकसँग मिलेर श्रीमानको हत्या गरी शव बोरामा बाँधेर फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

 

सन्धिखर्कमा बेबारीसे शव भेटिएको समाचार सञ्चार माध्यहरुबाट प्रकाशन भएपछि राधा प्रहरी सँग श्रीमान हराएको भन्दै शव हेर्न जिल्ला अस्पतालमा पुगेकी थिइन् । तर अस्पतालमा उनले श्रीमानको शव नभएको भन्दै राति नै कपिलबस्तु फर्किएकी थिइन् ।

 

मृतक धनबहादुर कामको शिलसिलामा बाग्लुङ गएर तीन दिन पछि घर फर्कदा उनकी श्रीमती माइत गएकी थिइन् । पटक पटक घर फर्कनको लागि आग्रह गर्दासमेत श्रीमती नआएपछि धनबहादुर श्रीमती लिन ससुराली पुगेका थिए ।

 

ससुराली पुगेका धनबहादुरले श्रीमतीलाई अपरिचित व्यक्तिसँग भेटेपछि दुइबीच झगडासमेत भएको थियो । सोही दिन राति धनबहादुर, राधा र रमेश बिकबीच झगडा भएर कुटाकुटसमेत भएको र राधाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ ।

 

राधाले दिएको बयान अनुसार रमेशले नै शवलाई बोरामा बाँधेर खोल्सामा फालेको प्रहरी निरीक्षक खिमबहादुर घमले बताए । रमेश साउदी अरबमा रहेको बेलादेखि नै उनीहरुको फेसबुकमार्फत चिनजान भएको थियो ।

 

रमेश भदौ १० गते नेपाल फर्किएपछि आफ्नो घर रुकुम नगई राधालाई भेट्न पुगेका थिए । रुकुममा श्रीमती र छोराछोरीसमेत भएका रमेश घटना पश्चात फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका