प्रेमीसँग मिलेर श्रीमानको हत्या, श्रीमती पक्राउ



हाम्रो इकोनोमि

 

जिल्लाको सन्धिखर्क नगरपालिका १२ को सल्लीकोटमा बोरामा बाँधेर फालेको अवस्थामा सोमबार भेटिएको शवको पहिचान भएको छ । बोरा भित्र रहेको शव कपिलवस्तु वाणगंगा नगरपालिका–७ धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खिमबहादुर घमले बताए ।

 

श्रीमती राधा जिसीले प्रेमी रमेश बिकसँग मिलेर श्रीमानको हत्या गरी शव बोरामा बाँधेर फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

 

सन्धिखर्कमा बेबारीसे शव भेटिएको समाचार सञ्चार माध्यहरुबाट प्रकाशन भएपछि राधा प्रहरी सँग श्रीमान हराएको भन्दै शव हेर्न जिल्ला अस्पतालमा पुगेकी थिइन् । तर अस्पतालमा उनले श्रीमानको शव नभएको भन्दै राति नै कपिलबस्तु फर्किएकी थिइन् ।

 

मृतक धनबहादुर कामको शिलसिलामा बाग्लुङ गएर तीन दिन पछि घर फर्कदा उनकी श्रीमती माइत गएकी थिइन् । पटक पटक घर फर्कनको लागि आग्रह गर्दासमेत श्रीमती नआएपछि धनबहादुर श्रीमती लिन ससुराली पुगेका थिए ।

 

ससुराली पुगेका धनबहादुरले श्रीमतीलाई अपरिचित व्यक्तिसँग भेटेपछि दुइबीच झगडासमेत भएको थियो । सोही दिन राति धनबहादुर, राधा र रमेश बिकबीच झगडा भएर कुटाकुटसमेत भएको र राधाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ ।

 

राधाले दिएको बयान अनुसार रमेशले नै शवलाई बोरामा बाँधेर खोल्सामा फालेको प्रहरी निरीक्षक खिमबहादुर घमले बताए । रमेश साउदी अरबमा रहेको बेलादेखि नै उनीहरुको फेसबुकमार्फत चिनजान भएको थियो ।

 

रमेश भदौ १० गते नेपाल फर्किएपछि आफ्नो घर रुकुम नगई राधालाई भेट्न पुगेका थिए । रुकुममा श्रीमती र छोराछोरीसमेत भएका रमेश घटना पश्चात फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...