गुण्डा नाइके ‘बाघे’ स्वयम्भूबाट पक्राउ



हाम्रो इकोनोमि

 

स्वयम्भू, बालाजु र नयाँ बसपार्क क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी र अवैध असुलीमा सक्रिय बाघे भनिने सुकबहादुर तामाङ पक्राउ परेका छन् ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लामालाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो । परिसरले व्यवसायीलाई धम्काएको आरोपमा बाघेलाई पक्राउ गरेको जनाएको छ ।

 

‘लामालाई केही समयअघि मात्र नियन्त्रणमा लिएका हौं, ‘एसएसपी बसन्तकुमार लामाले भने, ‘धम्काएको आरोपमा पक्राउ गरेको हौं, थप अनुसन्धान चलिरहेको छ ।’

 

को हुन बाघे ?
सुक बहादुर तामाङ ‘बाघे’को यसअघि पनि विभिन्न अपराधमा पटकपटक पक्राउ परेर छुटेका गुण्डा हुन् ।

 

२०५९ मा झापा बेलडागी घर भई अनामनगर बस्ने लोचनप्रसाद विमलीलाई काठमाडौंका एक होटलमा बोलाएर हतियार देखाई १ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल लुटेको आरोप उनलाई लागेको थियो । उक्त घटनामा पक्राउ परेका बाघे सजाय भुक्तान गरेर छुटेका थिए ।

 

यस्तै उनीमाथि २०७० मा प्रहरी परिसर काठमाडौंका तत्कालिन एसएसपी रमेश खरेलको पालामा पनि बाघे सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका थिए । भने २०७३ फागुनमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाएको थियो ।

 

बाघेलाई महानगरिय प्रहरी वृत्त कालीमाटीले २०७४ कार्तिक १५ मा पक्राउ गरी अपहरण तथा शरिर बन्धकको मुद्दा चलाएको थियो । त्यतिबेला कलंकीस्थित मितेरी यातायातका शंकर शर्मा गुरागाईंलाई अपहरण गरी बन्धक बनाएको आरोप बाघेलाई लागेको थियो । उक्त मुद्दामा पनि बाघेले सजाय भुक्तान छुटेका थिए ।

 

पछिल्लो पटक २०७४ बैशाख २ गते महानगरीय प्रहरी वृत्त बालाजुले उनलाई पक्राउ गरेको थियो । सार्वजनिक अपराधको मुद्दामा पक्राउ परेका बाघे त्यतिबेला पनि सजाय भुक्तान गरेर छुटेका थिए ।

 

२०७४ जेठ १० गते पनि प्रहरी परिसर काठमाडौंका तत्कालिन प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले पक्राउ गरेका थिए । त्यतिबेला सार्वजनिक अपराधको मुद्दामा अनुसन्धान गरिएको बाघे केही साता थुनामा बसेर छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...