सत्तरी करोड ठगी गर्ने आठ जना पक्राउ



हाम्रो इकोनोमि

 

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते कागजात खडा गरी रु ७० करोड बराबरको सम्पत्ति ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ ।

 

ब्यूरोले टोलीले चुनदेवी बस्ने भारतीय नागरिक राम नीरञ्जन जटियाको नाममा रहेको शङ्कर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नक्कली कागजात बनाई ठगी गर्ने मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौँका नीरजकुमार मानन्धर, हिमाल महर्जन, राजकुमार तामाङ, चिरीबाबु महर्जन, रामेछापका जीतबहादुर मगर, मोरङका पूण्यप्रसाद खरेल र बाराका अमृत थापामगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

 

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सानुराम भट्टराईले जीतबहादुर मगरलगायत व्यक्तिले शङ्कर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी, सञ्चालक र कम्पनीको अध्यक्ष जीतबहादुर मगर हो भनी इलेक्ट्रिकको नाममा रहेको बालुवाटार, सतुङ्गल, म्याग्दी र नुवाकोटको जग्गा बेचबिखन गरेर ठगी गरेको अनुसन्धानमा खुलेको जानकारी दिए ।

 

इलेक्ट्रिकका सञ्चालक एवं अध्यक्ष रहेका जटियाको घरबाट सो कम्पनीको कागजात चोरी गरी जटियाको नाममा रहेको शेयर खरिद गरी कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारी समेतको मिलेमतोमा आफ्नो बनाएर ठगी गरेका थिए ।

 

कम्पनी रजिष्ट्रार कार्यालयमा सहायक रजिष्टार पदमा कार्यरत नारायणप्रसाद पोखरेल र उमेशमान जोशी तथा सोही कार्यालयमा आइटी शाखामा करारमा कार्यरत दुई कर्मचारी भने फरार रहेको ब्यूरोले जनाएको छ ।

 

पक्राउ परेकालाई विद्युतीय अपराध, चोरी, ठगी तथा सङ्गठित अपराधमा अनुसन्धान गरी, अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा पेश गरेको ब्यूरोले जनाएको छ ।

 

यात्रु ठग्ने ७१ ट्याक्सी नियन्त्रणमा 

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने ७१ ट्याक्सीलाई नियन्त्रणमा लिएको छ । महाशाखाले आज विशेष अभियान सञ्चालन गरी उपत्यकामा भनेको स्थानमा जान नमान्ने, राज्यद्वारा तोकिएकोभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्ने ७१ ट्याक्सीलाई नियन्त्रणमा लिएको हो ।

 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सीका चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । “महाशाखामा ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै परेपछि विशेष अभियान सञ्चालन गरेका हौँ”, उनले भने  । उनले यात्रु ठग्ने ट्याक्सीलाई कारवाहीका लागि निरन्तर अभियान सञ्चालन गर्ने बताए  ।

 

महाशाखाले विशेष अभियान सञ्चालनका लागि ८० ट्राफिक प्रहरी खटाएको छ । नियन्त्रणमा लिइएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी रु तीन हजारसम्म जरिवाना गर्ने महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...