बाजुरामा खाद्यान्न अभाव, संस्थानकाे डिपाे रित्तियाे, जनता भोकभोकै



हाम्रो इकोनोमि

 

अार्थिक वर्षकाे अारम्भमै बाजुरामा खाद्यान्न अभाव भएकाे छ । वर्षाका कारण साँफे–मार्तडी सडकखण्डमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध हुँदा खाद्य अभाव भएकाे हाे । सवारीसाधन सञ्चालनमा नआएपछि ढुवानी गर्न समस्या हुँदा खाद्यान्न अभाव भएको स्थानीयले बताएका छन् ।

 

मार्तडीस्थित नेपाल खाद्य संस्थानको डिपोमा मौज्दात २५० क्विन्टल चामल वितरण गरिसकिएकाे छ । अहिले गोदाम रित्तो छ । डिपोमा रहेको ३० क्विन्टल गहुँ वितरण भइरहेको नेपाल खाद्य संस्थान शाखा बाजुराले जनाएको छ ।

 

संस्थानले मोटो चामल प्रतिकिलो ३५ देखि  ३९ तथा मसिनो सोना मनसुली ५० मा बिक्री गर्दै आएको छ । बजारबाट मोटो चामल प्रतिकिलो ४५ मा खरिद गर्नु परेको बडिमालिका नगरपालिका–३ का बालकृष्ण खड्काले बताए । नेपालगञ्ज र धनगढीबाट ढुवानी गरिँदै आएको चामल बाटोमै थन्किएको छ ।

 

डिपोमा चामल सकिएपछि रित्तै घर फर्कन बाध्य भएको बडिमालिका नगरपालिका–७ का हरिचन्द्र पाध्यायले बताए । “पूरै बजार चाहार्दा एक पेटी चाउचाउ मात्र भेट्टाए,” उनले भनेका छन् । यसअघि डिपोबाट दैनिक १० देखि २० क्विन्टलसम्म चामल बिक्री हुने गरेको थियो ।

 

खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझा याे वर्ष खाद्यान्न ढुवानीका लागि ठेक्का नभएको र पुरानो ठेक्काअनुसार ढुवानी भएकाे चामल सकिएको बताउँछन् । सडक र हवाई सुविधा दुबै भएकाे बाजुरामा पटक-पटक खाद्यान्न अभाव हुँदै अाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...