तिन कोइराला भए एकजुट, यस्तो छ नयाँ रणनीति, देउवा र पौडेल यसरी हुने भए आउट



 

मुलुकको सबैभन्दा पुरानो दल तथा संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नेतृत्व लिन कोइराला परिवारका सदस्यबीच नयाँ रणनीति बन्न थालेको छ । कोइराला परिवारको सदस्यबाट पार्टीको नेतृत्व शेरबहादुर देउवाको हातमा पुगेपछि परिवारको बिरासत जोगाउन भन्दै कोइराला परिवारका सदस्यहरु एक जुट भएका हुन् ।

 

पार्टीको १३औं महाधिवेशनमा कोइराला परिवारका कोही पनि सदस्यहरु नेतृत्वको लागि प्रतिष्पर्धा नगरेपछि कोइरालाको परिवारको विरासत जोगाउन भन्दै उनीहरु नयाँ रणनीतिमा लागेका छन् । .

 

१३औं महाधिवेशनबाट सभापाति बनेका शेरबहादुर देउवासँग मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका कोइराला परिवारका सदस्य तथा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कनिष्ठ पुत्र महामन्त्री डा. शशांक कोइराला यतिबेला बेग्लै शक्तिशाली गुट निर्माणको तयारीमा जुटेका छन् ।

 

महाधिवेशन सम्पन्न भएको केही महिनासम्म पौडेलको साथ र सहयोगमा रहेका महामन्त्री डा. शशांक कांग्रेस–माअ‍ोवादी नेतृत्वको सरकारमा सहभागी जनाएदेखि मध्यमार्गी भूमिकामा लागेका थिए ।

 

सरकारमा गएपछि भने महामन्त्री शशांक आफ्नो गुटका नेता पौडेलबाट अलग हुँदै सभापति देउवासँग निकट पनि भए । उनले संसदीय दलको निर्वाचनमा आफ्नो गुटबाट उम्मेदवारी दिएका लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमानलाई भोट नहाली देउवालाई सघाएका थिए ।

 

संसदीय दलको निर्वाचनमा सिंहलाई भोट नदिई आफू निकटका चार सांसदलाई समेत कोइरालाले देउवालाई भोट हाल्न लगाएका थिए । आगामी महाधिवेशनमा पार्टी सभापतिको तयार गरिरहेका डा.शशांक तीन तहको निर्वाचनपछि भने देउवाबाट समेत अलग भएर आफू कुनै गुटमा नरहेको भन्दै हिँडेका छन् । उनले गुटरहित राजनीतिको नारा दिए पनि उनी त्यही नारालाई टेकेर देउवा र पौडेल गुटबाट अलग हुन चाहन्छन भन्ने सन्देश दिएका छन् ।

 

कोइराला परिवारकै अर्का सदस्य नोना पुत्र डा. शेखर कोइराला देउवाका कट्टर बिरोधी भएपछि महामन्त्री शशांक पनि शेखरकै सल्लाहमा देउवाबाट अलग भइ बेग्लै गुटको तयारीमा जुटेका हुन् । संसदीय दलको निर्वाचनमा डा शशांकको सल्लाह बमोजिम प्रकाशमान सिंहलाई स्व.गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता, डा. मिनेन्द्रप्रसाद रिजाल र डा. नारायण खड्काले साथ दिएका छन् ।

 

कोइरालाको बेग्लै गुट स्थापित गर्ने लाईनलाई हाल सुजाता, शेखर, रिजालका साथै केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, दीपकराज गिरी, पूर्वसांसद दीपक खड्का खुलेर लागेका छन् ।

 

पछिल्लो समय देउवा र पौडेलबाट अलग भएर बेग्लै पहिचान बनाउन खोजेका डा. शशांकलाई हालसम्म तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीको समेत साथ र समर्थन रहेको छ ।

 

नेपाल शिक्षक संघ, कर्मचारी संघ, नेपाल ट्रेड युनियन कांग्रेस र डेमोक्राटिक लयर्स एसोसिएसनमा सिटौला पक्षधर समूहको बहुमत भए पछि कोइराला परिवारका सदस्यहरु सिटौलालाई साथमा लिएर अघि बढ्ने निष्कर्षमा पुगेका हुन् ।

 

कोइराला परिवारका सदस्यले साथ छोडेपछि पोडेलले पनि आफूपछि आफ्नो उत्तराधिकारीको रुपमा छोरालाई अघि सारेका छन् । छोरा चिन्तनलाई राजनीतिमा अघि बढाउन उनले देउवासँग दुई चरणमा कुरा समेत गरेका थिए ।

 

तर, देउवाको प्रस्ताव बमोजिम पार्टीको बिधान मस्यौदा समिति, संसदीय बोर्ड, केन्द्रीय कार्य सम्पादन समिति र अन्य बिभागमा भागबण्डा गर्ने प्रस्तावलाई पौडेलले कार्यान्वनय नगरेपछि देउवाले पौडेललाई पुछ्न छोडेका छन् ।

 

आफु कमजोर भइएला भन्ने त्रासले देउवाले भने फोरम लोकतान्त्रिकलाई बिलय गरेका गच्छदारलाई अघि सार्न खोजेका छन् । देउवाले कोइराला गुटमा रहेका आनन्दप्रसाद ढुंगाना, फरमुल्लाह मन्सुर र मानबहादुर बिश्वकर्मालाई बिधान मस्यौदा समितिको सदस्यमा राखेर फकाउने काईदा अघि बढाएका छन् ।

 

यि तिनमध्ये मन्सुर र विश्वकर्मा १३ औं महाधिवेशनको मुखमा आएर कोइराला गुट छोडेर देउवा गुटमा प्रवेस गरेका थिए । ढुंगाना भने केही महिनाअघि मात्र देउवा गुटमा लागेका थिए ।

१३ औं महाधिवेशनको एक महिनाअघि मात्र तत्कालिन पार्टी सभापति तथा कोइराला परिवारकै सदस्य सुशील कोइरालाको निधन भएपछि कोइराला परिवारका सदस्यहरु रामचन्द्र पौडेलको गुटबाट बाहिरिएका थिए । नेतृत्वको लागि अघि सारेका पौडेल देउवासँग पराजित भए पछि कोइराला परिवारका सदस्यहरु पौडेलको बिकल्पमा लागेका हुन् ।

 

पौडेल भने तत्कालिन संस्थापन पक्षका महामन्त्री कृष्णप्रसाद सिटौलाले बिद्रोह गरी आफूहरुलाई सहयोग नगरी प्रतिष्पर्धी शेरबहादुर देउवालाई सहयोग गरेको आरोप लगाउँदै आएका थिए ।

 

देउवा सभापतिमा विजयी भए पछि पार्टीको कुनै पनि निकाय र विभागलाई पूर्णता नदिइ एकलौटी रुपमा अघि बढाउँदा समेत उनको डटेर प्रतिरोध नगरेको कोइराला परिवारका सदस्यहरुको ठम्याई छ ।

 

पौडेलले देउवासँग प्रतिष्पर्धा गर्न नसक्ने र देउवाले सरकारमा जाँदा, स्थानीय तह, प्रदेश तह र संघीय संसदको निर्वाचनमा एकलौटी रुपमा उम्मेदवार खडा गरेको बिषयलाई लिएर कोइराला परिवारका सदस्य तथा महामन्त्री डा. शशांक, नेता शेखर र सुजाता चिढिएका थिए ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल