बाटोमा ‘ट्राफिक रहेनछ’ भन्दै निमय मिच्नुभयो, सिसिटिभी कारबाहीमा पर्नुहोला



 

 

छविलाल ढकाल नामका व्यक्ति बा. ७५ प ७६५७ नम्बरको मोटरसाईकलमा बानेश्वरबाट माईतीघर मण्डलातर्फ जाँदै थिए । भदौ ५ गते बिहान उनी माईतीघरस्थित जेभियर कलेज छेउको सडकमा पुग्दा ९ बजेर ४४ मिनेट गएको थियो । पिक आवर भएको हुनाले सड्कमा खटिएका ट्राफिक प्रहरी निकै व्यस्त थिए । ट्राफिकले आफुलाई नदेख्ने भएपछि छविलाल लेन मिचेर अघि बढे ।

 

भोलिपल्ट उनको मोवाईल बज्यो, ‘ढकाल सर, तपाई ट्राफिक महाशाखामा आउनुस, हिजो जेभियर कलेज नजिकै तपाईले लेन मिच्नुभएछ जरिवाना तिरेर कक्षा लिनुपर्छ ।’   सड्कमा सेतो टोली लगाएर उभिएका ट्राफिक प्रहरीले नदेखेपनि उनी महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट मनिटर भइरहेको सिसिटिभीको निगरानीमा थिए ।

 

सड्कमा खटिएका ट्राफिक प्रहरीको आँखा छल्न सफल भएपनि छविलाल जरिवाना तिरेर लेन क्रसबापत कक्षा लिन बाध्य भएका छन् ।  काठमाडौं उपत्यकामा हुने सवारी नियम उल्लंघनका घट्ना न्युनिकरण गर्नका लागी महानगरीय प्रहरी कार्यालय रानिपोखरी र ट्राफिक प्रहरी महाशाखाले २०७४ माघदेखि शुरु गरेको ‘सिसिटिभी कारबाही’ प्रभावकारी बन्दै गएको छ ।

 

रानिपोखरीस्थित महानगरीय प्रहरी कार्यालयको सिसिटिभी शाखामा ट्राफिक प्रहरीका स्टाफहरुले उपत्यकाभित्रको सिसिटिभी मनिटर गरिरहेका हुन्छन् । ‘सड्कमा कसैले ट्राफिक नियम उल्लंघन गरेमा महानगरीय प्रहरी कार्यालयको सिसिटिभी शाखामा खटिएका प्रहरी कर्मचारीले तत्काल त्यस्तो सवारीलाई जुम गरेर नम्बर फाइन्ड आउट गर्छन्’ ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) राजकुमार लम्साल भन्छन्, ‘त्यसपछि हामी सम्बन्धित सवारी धनीको रेकर्ड हेरेर कारबाहीको दायरामा ल्याउँछौं ।’

 

सिसिटिभी फुटेजको आधारमा ट्राफिक महाशाखाले यातायात व्यवस्था कार्यालयबाट सवारी नियम उल्लंघन गर्ने सवारी चालकको रेकर्ड निकालेर  कारवाही गर्ने गरेको छ ।  सवारी चालकको नाम र फोन नम्बर लिएर उनीहरुलाई महाशाखामा बोलाएपछि ट्राफिक प्रहरीहरुले सम्बन्धी चालकलाई सिसिटिभी फुटेज देखाउँछन् । त्यसपछि चालकहरुले गल्ति अनुसारको कक्षा लिएर र जरिवाना तिर्नुपर्छ ।

 

२०७४ माघ २५ गतेबाट सिसिटिभी कारवाही शुरु भएपछि ९ सय सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक महाशाखाको रेकर्ड अनुसार करिब २ हजार ३ सय सवारीसाधन कारवाहीको प्रक्रियामा छन् ।
पछिल्लो साउन महिनामा मात्र २२६ सवारी कारबाहीमा परे, जसमध्ये दुइपाँग्रे १८० ओटा र चारपाँग्रे सवारी ७४ सवारी रहेका छन् ।

 

महानगरीय प्रहरी कार्यालयको सिसिटिभी शाखाले हालसम्म ३ हजार ९ सय ५७ सवारीले सवारी नियम उल्लंघन गरेको भिडियो संकलन गरेको छ । त्यसमध्ये ९ सय सवारी कारावाहीको दायरामा आएका छन् भने बाँकी सवारी कारवाहीको प्रक्रियामा रहेको बताईएको छ ।

 

चितवनको भरतपुर बस्दै आएका मुकेश खड्का भदौ ३ गते डिल्लीबजारबाट कालिकास्थानतर्फ जाँदै थिए । सड्कमा ट्राफिक प्रहरी थिएनन्, उनले चलाएको ४७९० नम्बरको मोटरसाईकल डिल्लीबजारको एकतर्फी सवारीमा गलत दिशाबाट अघि बढेको थियो

 

। त्यो कुरो उनलाई पत्तै भएन्, चितवन पुगेपछि ट्राफिक महाशाखाका प्रहरीले फोन गरेपछि बल्ल उनले आफुले सवारी नियम उल्लंघन गरेको थाहा पाए । बुधवार रातोपाटीकर्मी ट्राफिक महाशाखामा पुग्दा मुकेशका बुबा सिसिटिभी शाखालाई सोध्दै थिए, ‘छोरो चितवन गैसक्यो, अब मैले जरिवाना तिर्न मिल्छ कि मिल्दैन ?’

 

काठमाडौंको केशरमहल, गौशालाचोक, माईतिघर, जमल, डिल्लीबजार, हात्तिसार र थापाथली चोकमा त्यसरी प्रहरीको आँखा छलेर नियम उल्लंघन गरेर सिसिटिभी कारबाहीमा पर्ने सवारीको संख्या धेरै रहेको छ । सिसिटीभी फुटेजको आधारमा लेन अनुशासन, जेब्रा क्रस, युटर्न, ओभरटेक, एकतर्फी र लापरवाहीपूर्वक सवारी चलाउने चालकहरु कारवाहीमा पर्ने गरेका छन् ।

 

‘अघिल्लो आर्थिक बर्षबाट शुरु भयो, सिसिटीभी कारवाही प्रभावकारी भएको छ’ ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) लम्साल भन्छन्, ‘फोन सम्पर्कमा नआएर कत्तिपय ठेगाना खुलेका सवारी चालकलाई पत्राचारनै गरेर पनि कारवाही गर्छौं ।’

 

सबैभन्दा धेरै कारबाहीमा दुईपाँग्रे 
ट्राफिक महाशाखाको रेकर्डअनुसार दुईपाँग्रे सवारी मोटरसाईकल र स्कुटर सबैभन्दा धेरै सिसिटिभी कारवाहीमा पर्ने गरेका छन् ।  मोटरसाईकलपछि ट्याक्सी, माईक्रो बस, बस, कार र टेम्पोहरु धेरै कारबाहीमा पर्ने गरेका छन् ।

 

कत्तिसम्म भने ट्राफिक प्रहरीको आँखा छल्न खोज्ने बा. २ ख ८०८१ नम्बरको माईक्रोबस ८ पटकसम्म सिसिटीभी कारवाहीमा परेको छ । पहिलोपटक २०७४ चैत्र ९ गते कारबाहीमा परेको उक्त माईक्रोबस आठौंपटक गत साउन १६ गते कारवाहीमा परेको थियो ।

 

सिसिटिभी रेकर्डबाट सवारी नम्बर, समय र ठाउँको समेत फुटेज देखाएर गरिने कारवाहीप्रति चालकहरुको समेत गुनासो आएको छैन् । काठमाडौं उपत्यका बाहिरबाट आएर सवारी नियम उल्लंघन गरेर जाने सवारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन नसकेपनि महाशाखाले त्यस्ता सवारीहरुको रेकर्ड राखेको छ ।

 

निमय मिचेपछि फोन सम्पर्क भएपनि अटेरी गर्ने र ठेगाना नखुलेका सवारी चालकहरुलाई ब्लुबुक नविकरण गर्न जाँदा यातायात ब्यवस्था कार्यालयबाटनै कारबाही गर्ने गरी तयारी भइरहेको बताइएको छ ।
रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल