शङ्खरापुर–९ सानागाउँबाट लागुऔषधसहित दुई पक्राउ



हाम्रो इकोनोमि

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बुधबार राति शङ्खरापुर–९ सानागाउँबाट दुईलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग साँखु र जम्मुडाँडा प्रहरी बिटको संयुक्त टोलीले विशेष सूचनाको आधारमा लागुऔषध कारोवारीे हुनसक्ने आशङ्कामा सोही स्थानमा डेरा गरी बस्ने गोकर्णेश्वर नगरपालिका स्थायी घर भएका १९ वर्षीय अनिश श्रेष्ठ र शङ्खरापुर नगरापालिका–१ का २१ वर्षीय कृष्ण खनाललाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक लक्ष्मी खनालका अनुसार शङ्खरापुर–९ डेरा गरी बस्ने उनीहरुको कोठाबाट डाइजोपाम १५३ पिस, फ्यानजान १५३ पिस, नोफिन २७ एम्बुल र बुर्फरिन १२० एम्बुल लागुऔषध बरामद भएको हो । प्रहरीले नियन्त्रणमा लिएको उनीहरुको थप अनुसन्धान हुुँदैछ भने प्रचलित कानूनअनुसार कारवाही हुने निरीक्षक खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...