पेस्तोल देखाएर लुटपाट गर्ने ५ जना पक्राउ



हाम्रो इकोनोमि

 

पेस्तोल देखाएर लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेको खानीखोलास्थित तेरसाङ लामाको घरमा पेस्तोल देखाइ लुटपाट गरेर भाग्ने पाँच जनालाई प्रहरीले ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

बुधबार दिउँसो तीन बजे लामाको घरभित्र प्रवेश गरी पेस्तोल देखाएर नगद र जिन्सी सामान लुटी उनीहरु ललितपुरको ठूलादुर्लुङतर्फ भागेका थिए ।

सोलगत्तै महानगरीय प्रहरी बृत्त चापागाउँकासहित प्रहरी चौकी गिम्दी, आश्राङ, कालेश्वर र इलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको टोलीले खानीखोला गाउँपालिका ७ का २८ वर्षीय अनिल घिसिङ, रमेश थोकर, जगत बहादुर गोले, तथा पनौति नगरपालिका ८ का विकास बन्जारा र निशान गोलेलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले दुई वटा पल्सर मोटरसाइकल र  मेड इन चाइना  लेखिएको १ थान पेस्तोल, म्यागजिन एक थान र त्यसैमा प्रयोग हुने दुई राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पेस्तोल महांकाल गाउँपालिका ५ चन्दनपुर स्थित काफलडांडामा लुकाईराखेको अवस्थामा फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...