५ बर्षभित्र नेपाल भारत सीमानामा बलियो काँडेतार लगाउने सरकारको तयारी



 

अन्तराष्ट्रिय कूटनीतिका जानकार तथा सीमाविद्हरुले नेपालले आफ्नो सीमामा कडाइ गर्नु पर्ने बताएका छन् ।

ललितपुरमा भदौ २० गते भएको कार्यक्रममा सरकारले भारत र चीनसँगको सीमामा कडाइ गर्नु सुझाव दिएका हुन् । उनीहरुले सीमानामा राज्यको उपस्थति बलियो हुनुपर्ने बताए ।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपालले गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा नियमन, खुल्ला सीमाना : अवसर र चुनौती’ विषयक गोष्ठीमा वक्ताहरुले त्यस्तो धारणा राखेका हुन् ।

 

सीमाविद् बुद्धिनारायण श्रेष्ठले खुला सीमाना नेपालका लागि अवसर र चुनौती दुवै भएको बताए । उनले नेपाल भारत सीमानामा काँडेतार लगाउनुपर्ने र मान्छे वारपार गर्नका लागि निश्चित नाका बनाउनुपर्ने धारणा राखेका थिए ।

उनले भने, ‘यससँगै खुला सीमानालाई अपराधीहरूले हदैसम्म दुरुपयोग गरेका छन् । क्रस बोर्डर आतंक बढेको छ। एक देशमा अपराध गर्ने र अर्को देशमा लुक्ने प्रवृति मौलाएको छ ।’

उनले यस्तो समस्या समाधानका लागि ‘१० देखि १५ वर्षभित्र सीमानामा आवागमन नाका बनाएर बलियो काँडेतार लगाउनेु उपाय अपनाउनुपर्ने बताए।

 

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालले सीमा व्यवस्थापनमा समय सापेक्ष नीति लिनुपर्ने बताए । उनले भने, ‘हाम्रा गतिविधि र नीतिहरूमा पुनरावलोकन गर्नुपर्दछ। अध्ययन र अनुसन्धानबाट अब क्रमशः नियमनको काम गर्नुपर्छ ।’

 

गोष्ठीमा कार्यपत्र प्रस्तुत गरेका सहप्राध्यापक डा. उद्धब प्याकुरेलले नेपाल खुला सीमानाको पक्षमा उभिनुपर्ने धारणा राखेका थिए । उनले खुला सीमानाका अवसरलाई सदुपयोग गर्दै चुनौती कम गर्न राज्य संयन्त्र बलियो बनाउनुपर्ने बताए । उनले नेपालका अन्तर्राष्ट्रिय सीमाना भारतसँग खुला र अर्ध खुला तथा चीनसँग बन्द र अर्ध खुलाको अवस्थामा रहेको बताए ।

 

त्रिभुवन विश्वविद्यालय परराष्ट्रमामिला अध्ययन केन्द्रकी उपनिर्देशक डा। इन्द्रकुमारी अधिकारीले खुला सीमानाका कारण नेपाललाई भन्दा भारतलाई फाइदा भइरहेको बताइन्।

उनले सीमानाबारे निर्णय लिँदा त्यहाँ बस्ने दुवैतर्फका जनताको अवस्था बुझेर निर्णय लिनुपर्ने धारणा राखिन्।

 

कार्यक्रमका अर्का वक्ता पूर्व राजदूत विजयकान्त कर्णले सीमाको समस्याको समाधान सीमा क्षेत्रबाटै खोज्न सुझाए । उनले भने  दिल्ली र काठमाडौंमा बसेर निर्णय लिनेभन्दा पनि सीमानाका समस्या बुझेर काम गर्नुपर्छ । काठमाडौं र दिल्लीमा बसेर सीमानामा काँडेतार लगाइदिउ भन्न सजिलो छ तर सीमानाका जनताहरूको चिन्ता गर्नु पर्दैन।

 

परराष्ट्र मामिलाका जानकार एवं ब्राजिलका लागि पूर्व नेपाली राजदूत डा. प्रद्धुम्नविक्रम शाहले सीमामा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने बताए।

 

त्यस्तै, नेपाली सेनाका पूर्व सहायक रथी डा। उमेश भट्टराईले नेपालले आफ्नो अनुकूलता हेरेर नीति लिनुपर्ने बताए। उनले भने( ‘हामी भारत र चीनले गरिदिन्छ भन्नेमा छौं । त्यसैले हामी कमजोर भएका हौं । उनीहरूले आफ्ना लागि गर्ने हो । हामीले हाम्रा लागि गर्नुपर्छ ।’

 

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष अरविन्द महतोले सीमा समस्या जस्ता प्राथमिक एवं महत्वपूर्ण मुद्दालाई समझदारीका साथ हल गरेर मात्रै मुलुकले दुई ठूला अर्थतन्त्र भएका छिमेकीबाट लाभ लिन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल