ललितपुरको गोदावरीमा बाबुबाटै १० बर्षीया छोरी बलात्कृत



हाम्रो इकोनोमि

 

गोदावरी नगरपालिका-४ बडिखेलमा १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु नै पक्राउ परेका छन् । सोमबार राती घरमा कोही नभएको मौका छोपी १० वर्षीया छोरीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले २९ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

 

सम्बन्धविच्छेद भइसकेकी पत्नीतर्फकी छोरीलाई बलात्कार गरेको उजुरी परेपछि बाडेगाउँबाट उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी विनोद सिलवालले जानकारी दिनुभयो । पीडित बालिकाको पहिचान खुल्ने भएकाले प्रहरीले पीडक भनिएका बाबुको नामसमेत खुलाएको छैन ।

 

१८ भदौको राती साढे आठ बजेतिर सुत्ने वेलामा कोही नभएको मौका छोपी उनले बलात्कार गरेको बताइएको छ । आफूलाई ५० रुपैयाँ दिई फकाएर बलात्कार गरेको पीडित बालिकाले बताएको स्थानीयले जनाएका छन् ।

 

कान्छी पत्नीसँग घटनाको तीन दिनअघि झगडा भएकाले उनी माइतमा बस्दै आएकी थिइन् । पीडित बालिका राती रोइरहेको सुनेपछि उनकी हजुरआमाले थाहा पाएर घटना सार्वजनिक गरेकी हुन् ।

 

प्रहरीले पनि घटना मंगलबार बेलुका मात्र थाहा पाएको थियो । उजुरी मंगलबार आएपछि मात्र थाहा भएको प्रहरीले जानकारी दिएको छ । बालिकाको थापाथलीस्थित प्रसूतिगृहमा स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पुष्टि भएको प्रहरीले बताएको छ ।

 

पीडक भनिएका बाबु घरमा सधैं झगडा गर्ने तथा मदिरा र जुवा तासमा व्यस्त हुने गर्दथे । स्थानीयले पीडकलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै प्रहरीलाई दबाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...