२३ अंकले बढ्यो नेप्से, ७० करोडको कारोबार, नेप्से २२ सय पुग्ने विष्लेषकको भनाई



 

 

बजारमा उत्साह भरिँदै गएको छ । ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता समेत सक्रिय बन्दा बजारमा एकाएक उत्साह देखिएको हो ।

बजार केही दिनअघिदेखि निरन्तर बढिरहेको छ । नेप्से परिसूचकसँगै कारोबार रकमले समेत बजारलाई  निरन्तर साथ दिइरहेको छ। यही क्रममा बुधबार नेप्से परिसूचक २३.८९ अंकले बढ्यो भने कारोबार रकम पनि बढेर ७० करोड ८८ लाख माथि पुगेको छ ।

विश्लेषकहरु नेप्से परिसूचकसँगै कारोबार रकम पनि समानान्तर ढंगले बढ्दै गए बजारमा बुलिस गति सुरु हुने बताउँछन् । यो प्रवृति विगत ३ दिनदेखि निरन्तर छ । यसकारण समेत बजार अझै बढ्नसक्ने संभावना उनीहरुले व्यक्त गरेका छन् ।

 

बुधबार नेप्से बढेर १२३४.१३ को विन्दूमा पुग्दा ‘क’ वर्गका कम्पनीमा खरीद चाप देखिएको छ । यो दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स ५.३ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स २ अंकले बढेको छ ।

यो दिन व्यापार समूह २.७९ अंक तथा उत्पादनमूलक समूहको परिसूचक ३६.७४ अंकले घटे । बाँकी सबै समूहको परिसूचक बढेको छ ।

यो दिन बैंकिङ समूह २२.७४ अंकले बढ्यो भने माइक्रोफाइनान्स समूह ४२.०९ अंकले उकालो लागेको छ । यो दिन होटल समूह १९.११ अंकले बढ्यो भने विकास बैंक समूहमा ३०.७९, जलविद्युत समूह ३९.७९ अंक, बित्त समूह ९.५२, निर्जीवन बिमा समूह १६२.६७ अंक तथा जीवन बिमा समूह ९५.१९ अंकले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६७ कम्पनीका २३ लाख ७२ हजार ३ सय ६३ कित्ता सेयर ७० करोड ८८ लाख ५० हजार ५ सय ६८ रुपैयाँमा किनबेच भयो ।

सबैभन्दा बढी कुमारी बैंक लिमीटेडले ४ करोड ९० लाख बढीको कारोबार गर्यो । एनएमबी बैंकले ४ करोड ५१ लाख, एनआइसी एशिया बैंकले ३ करोड ४६ लाख, नेपाल बैंकले २ करोड ६९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ३४ लाख, सिद्धार्थ बैंकले २ करोड २१ लाख, जनता बैंक नेपालले २ करोड १५ लाख, एनसीसी बैंकले १ करोड ७४ लाख, प्राइम कमर्सियल बैंकले पनि १ करोड ७४ लाख र मेगा बैंकले १ करोड ६६ लाख बढीको कारोबार गरे ।

 

धेरै कमाउने र गुमाउने कम्पनी
बजार बुलिस गतिमा कुदेको यो दिन १३ कम्पनीको सेयर मूल्यमा मात्र गिरावट आयो । बाँकी १५४ कम्पनीका लगानीकर्ताले कमाए ।

काबेली विकास बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य विगत ३ दिनदेखि लगातार बढिरहेको छ । अघिल्ला २ दिन झै बुधबार पनि बैंकको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भयो ।

हिमालयन पावर पार्टनर लिमीटेडको सेयर मूल्यमा ९.७२ प्रतिशतको बढोत्तरी भयो ।

एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य ८.४७ प्रतिशतले वृद्धि भएको यो दिन कुमारी बैंकको मूल्यमा ८.३३ प्रतिशतले बढ्यो ।

यो दिन युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।

 

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल