कतारमा अनिल चाैधरीलाई फाँसी हुने



हाम्रो इकोनोमि

 

 

कतारी नागरिकलाई हत्या आरोपमा फाँसीको सजाए सुनाइएका महोत्तरी औरही नगरपालिका–१ का २३ बर्से अनिल चौधरीलाई बचाउन गरिएको पुनरावेदनमाथि बहस सुरु नभएकोे परिवारजनले बताएका छन् ।

२० महिनादेखि कतार जेलमा बन्द छोरालाई बचाउन पुनरावेदन गरेको तीन महिना बिते पनि मुद्दामा बहस सुरु नभएको अनिलका बुवा श्यामकिशोर चौधरीले बताए ।

चार वर्षअघि वैदेशिक रोजगारीको क्रममा अनिल कतार गएका थिए । घर फर्किन चार महिना बाँकी छँदा एक कतारी नागरिकको हत्या आरोपमा उनी पक्राउ परेका थिए ।

 

कतारी नागरिक उमेर मोहम्मद उमेर अल रामजानी अल निउमियोको हत्या आरोपमा तल्लो अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । ‘पीडित परिवारसँग माफी मागेर छोरोलाई बचाउन कतार जान राहदानी बनाएँ’, अनिलका बुवा श्यामकिशोरले भने, ‘तर, सरकारले भिसा उपलब्ध गराइदिएन ।’ उनले पीडित परिवारसँग छोरा बचाउन माफी वा ब्लड मनीको कुरा गर्न वकिललाई लिएर कतार जान राहदानी बनाएका थिए ।

‘काठमाडौं आउँदा जाँदा साढे तीन लाख ऋण सकिइसक्यो’, उनले भने, ‘भगवान्को मञ्जुर भए छोरा जिउँदै फर्किन्छ । एक मात्र छोरो फर्कादिन उनले सरकारसँग आग्रह गरेका छन् ।

छोरोलाई फाँसीको सजाय सुनाइएपछि अनिलकी आमा २० महिनादेखि शोकमा डुबेकी छन् । दिनहुँ छोरो सम्झेर उनी रुन्छिन् । घरमा सन्नाटा छाएको छ । परिवार, इष्टमित्र, गाउँ, समाज सबै चिन्तामा छन् ।

‘कमाएर खुवाउने एउटै छोरो थियो । बुढेसकालको सहाराको लठ्ठी ऊ नै थियो’, अनिलका बुवा श्यामकिशोरले रुँदै भने । डेढ लाख ऋण गरेर छोरालाई कमाउन विदेश पठाएका उनीसँग दुई धुर घडेरी र सात कठ्ठा खेत मात्रै छ ।

कोमल इन्टरनेसनल सर्भिस प्रालिमार्फत अनिल २०१५ अगस्ट २७ मा कतार गएका थिए । कार वास कम्पनीमा समान्य कामदारका रूपमा काम गर्दैै आएका उनी कतारी नागरिक हत्या आरोपमा सन् २०१७ अप्रिलको पहिलो साता पक्राउ परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...