अख्तियार प्रमुखमा घिमिरे सिफारिस, २०७६ चैत्रसम्म कार्यकाल रहने



 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा कार्यवहाक आयुक्त नविनकुमार घिमिरेको नाम सिफारिस भएको छ ।

संवैधानिक परिषदको आज प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो ।

हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।

तत्कालीन प्रमुख आयुक्त दिप बस्न्यातलाई सर्बोच्च अदालतले अयोग्य ठहर गरेपछि घिमिरे कार्यवाहक थिए ।

घिमिरे १९ चैत ०७१ मा अख्तियारको आयुक्तमा नियुक्त भएका थिए ।

२०१२ भदौं २९ मा काठमाडौंमा जन्मिएका घिमिरेको कार्यकाल २०७६ चैत्रसम्म बहाल रहनु हुनेछ ।

आयोग ऐनअनुसार ६५ वर्ष उमेर वा ६ वर्षे कार्यकाल जुन अगाडि आउँछन्, सोही अनुसार अवकाश पाउने ब्यवस्था छ।

निजामती कर्मचारीका रूपमा लामोसमय काम गरी गृह मन्त्रालयजस्तो विवादित स्थानमा रहँदासमेत स्वच्छ छबी बनाएका घिमिरेले पारदर्शिता र भ्रष्टाचारलाई कहिल्यै साथ दिएनन् ।

आयोगको आयुक्तको रूपमा पनि उनी कुनै विवादमा आएनन् ।

आर्थिक लाभतर्फ कहिल्यै नलाग्ने भएकै कारण घिमिरे विवादमुक्त बनेका हुन् ।

अख्तियारको नेतृत्व लिएसँगै उनले आमनागरिकमा आयोगप्रतिको विश्वास जगाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

आयुक्त र अख्तियार कर्मचारीलाई उनले सो निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्