सोल्टी होटलमा सुरु भयो नेपाल-चीन पारबहनसम्बन्धी बैठक



हाम्रो इकोनोमि

 

नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकललाई अन्तिमरुप दिन छलफल सुरु भएको छ ।

काठमाण्डुको होटल सोल्टीमा सुरु भएको छलफल भोलीसम्म चल्ने छ।

नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले नेतृत्व गरेका छन् ।

यस अघि बेइजिङमा पनि छलफल भइसकेको छ ।

दुइ देशबीचको व्यापारको लागि त्यसको मोडालिटीबारे छलफल गरेर अन्तिमरुप दिन नेपाली प्रतिनिधिमण्डलले तयारी गरेको छ ।

ब्यापारको लागि बन्दारगाह र रुटको बारे दुई देशका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ ।

प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली पहिलो पटक चीन भ्रमण जाँदा व्यापार तथा पारवहन सम्झौता भएको थियो ।

सम्झौता भए पनि प्रोटोकलमा हस्ताक्षर भएको छैन् ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...