ट्राफिक नियम पालना नगर्नेलाई खाजा र चकलेट



 

गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ ।

गाडीको अवस्था चुस्त हुनुपर्छ ।

ट्राफिक नियम पालना गरी चलाउनुपर्छ ।

नियम पालना नगरे कारबाही भोग्नुपर्छ ।

यो खबर आजको कान्तिपुर दैनिकका पहिलो पृष्ठमा छ ।

अचेल छडे जाँच गर्न जुनसुकै समय र ठाउँमा प्रहरी बस्छ। त्यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ।

पूर्व(पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भएरनभएको चेक गर्न प्रहरीले छडे जाँच थाल्यो।

ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिए। तर, योपटक प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद काटेन।

नियम मिच्नेहरूले चकलेट पाए

। अनि ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमको हातबाट गुलियो खाजाको पोका पनि साथै पाए।

‘थाहा पाएर पनि नियम पालना नगर्ने भनेको लापरबाही हो।

जरिवाना नै काट्नुपर्ने हो। तर तपाईंहरूलाई लज्जाबोध होस भनेर चकलेट बाँडेका हौं,’ ट्राफिक प्रमुख गौतम चालकहरूलाई सम्झाउँदै थिए।

गल्ती पनि गर्ने गुलियो खाजा पनि पाउने, यस्तो किनरु इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख दयानिधि ज्ञवाली भने, ‘कहिले(काहीं मीठो तरिकाले पनि नियम सम्झाउँ भनेर हो नि। अरू बेला कारबाही नै हुन्छ।’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्