यसरी गले विप्लव र सीके राउत, वार्ताका लागि चार भूमिगत समूहको निवेदन



हाम्रो इकोनोमि

 

सरकारले उच्चस्तरीय वार्ता टोली गठन गरेर विभिन्न सशस्त्र भूमिगत र अर्धभूमिगत समूहहरूसँग औपचारिक वार्ताका लागि तत्परता देखाएलगत्तै चारवटा समूहले वार्ताका लागि निवेदनपत्र दिएका छन् । राज्यविरोधी गैरकानुनी क्रियाकलाप नियन्त्रणमा कडाइ गर्दै त्यस्ता क्रियाकलाप गर्नेहरूलाई सेफ ल्यान्डिङका लागि वार्ता पनि सँगसँगै अघि बढाइएको सरकारको भनाइ छ ।

 

सरकारले वार्ताका लागि औपचारिकपत्रसहित आह्वान नगर्दै चार समूह वार्ताका लागि निवेदन दिएर नियमित सम्पर्कमा आएका हुन् । तीमध्ये दुईवटा समूहसँग त सरकारी टोलीले वार्ता प्रक्रिया नै अघि बढाइसकेको छ । गत ७ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो ।

 

टोलीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत, पूर्वमा गतिविधि गरिरहेको कुमार लिङ्देन नेतृत्वको समूहसहित सरकारसँग संवादमा नआएका तराईका भूमिगत सशस्त्र समूहसँग वार्ता गर्ने म्यान्डेट छ ।

 

उच्चस्तरीय वार्ता टोलीमा नेकपाका नेता सुरेश आले मगर (तनहुँ), तारकान्त चौधरी (सप्तरी), लीला भण्डारी (कैलाली) तथा गृह मन्त्रालयले तोकेको एक जना सहसचिव सदस्य छन् । उच्चस्तरीय वार्ता टोलीले अघिल्लो बुधबारबाटै कार्यालय व्यवस्थापन गरेर औपचारिक काम सुरु गरिसकेको संयोजक तथा पूर्वमन्त्री पाण्डेले जानकारी दिए ।

 

वार्ता टोलीलाई कानुन मन्त्रालयमा आवश्यकताअनुसार थप कोठासमेत प्रयोग गर्न पाउने गरी अहिलेलाई ६ वटा कोठा कार्यालय प्रयोजनका लागि दिइएको छ । टोलीका सबै सदस्यका लागि छुट्टाछुट्टै कार्यकक्ष र एउटा मिटिङ हल प्रयोग भइरहेको छ ।

 

टोलीलाई सघाउन गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा १० जना कर्मचारीको टोली खटाएको छ । वार्ता टोलीको मंगलबारको बैठकले वार्ताको मोडालिटी पारित गरेकाले सोहीअनुसार प्रक्रिया अघि बढाउने टोलीको तयारी छ ।

 

सरकारी वार्ता टोलीका एक सदस्यले तत्कालीन माओवादीबाट फुटेर अहिले सशस्त्र गतिविधिबाट अघि बढ्न खोजिरहेको माओवादी कम्युनिस्ट केन्द्रसहित अन्य दुई समूहसँग छलफल सुरु भइसकेको छ ।

 

‘अहिले नै नाम ओपन नगरौं, उनीहरूको निवेदनपत्र आएको छ । प्रत्यक्ष, अप्रत्यक्ष खबर आदानप्रदान भइरहेको छ, तीमध्ये दुईवटासँग त वार्ता प्रक्रिया नै सुरु भइसक्यो, एक सदस्यले भने, ‘अब औपचारिक पत्राचारसहित आह्वान पनि गरिनेछ ।

 

वार्ता टोलीलाई यस्तो छ क्षेत्राधिकार
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विगतका वार्तामा छुटेका विभिन्न समूह तथा संक्रमणकालीन परिवेशमा देखिएका केही द्वन्द्वरत समूहसँग वार्ता गर्ने गरी टोलीलाई क्षेत्राधिकार तोकिएको बताए ।

 

साथै, विगतका सहमति, सम्झौता र समझदारी अध्ययन, विश्लेषण गरी कार्यान्वयनका लागि सरकारलाई सुझाव दिनसमेत टोलीलाई अधिकार दिइएको उनले जानकारी दिए ।

 

अन्तरिम संविधान २०६३ को धारा ७८ बमोजिम गठित संवैधानिक राजनीतिक संवाद समितिसँग वार्ता गर्न छुटेका समूहसँग टोलीले वार्ता गर्नेछ । टोलीलाई आफूले वार्ता गरेर आवश्यकताअनुसार सरकारसँग पनि वार्ता गराउने, उनीहरूलाई सुरक्षित अवतरण गराउन विभिन्न विकल्पमा कुरा गर्नेलगायतका पूर्ण जिम्मेवारी दिइएको छ ।बुधबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...