१५ हजार घुससहित नापीका कर्मचारी पक्राउ



 

नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा सच्याउनका लागि रु १५ हजार घुस मागेको भन्दै रङ्गे हात पक्राउ गरेको आयोग बर्दिवासका प्रमुख पुरुषोत्तम ढकालले बताए ।

 

 

ज्यान मार्ने धम्की दिने तामाङ पक्राउ

ज्यान मार्ने धम्की दिने एकजनालाई महानगरीय अपराध महाशाखा, टेकुले पक्राउ गरेको छ ।

काभ्रेको तिमाल गाउँपालिका-६ का मानबहादुर तामाङ लगायतलाई ज्यान मार्ने धम्की दिएको भन्दै महाशाखाले सोही ठाउँका सत्यमान लामालाई मंगलबार ठमेलबाट पक्राउ गरेको हो ।

लामाले फोनबाट अश्लिल शब्दको प्रयोग गरी गालीगलौज गर्दै तामाङका हातखुट्टा भाँचिदिने, मार्ने र मारेवापत जेल बस्न एकजना मान्छेसमेत तयार गरेको भन्दै धम्की दिएको महाशाले जनाएको छ ।

लामाबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्