१५ हजार घुससहित नापीका कर्मचारी पक्राउ



हाम्रो इकोनोमि

 

नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा सच्याउनका लागि रु १५ हजार घुस मागेको भन्दै रङ्गे हात पक्राउ गरेको आयोग बर्दिवासका प्रमुख पुरुषोत्तम ढकालले बताए ।

 

 

ज्यान मार्ने धम्की दिने तामाङ पक्राउ

ज्यान मार्ने धम्की दिने एकजनालाई महानगरीय अपराध महाशाखा, टेकुले पक्राउ गरेको छ ।

काभ्रेको तिमाल गाउँपालिका-६ का मानबहादुर तामाङ लगायतलाई ज्यान मार्ने धम्की दिएको भन्दै महाशाखाले सोही ठाउँका सत्यमान लामालाई मंगलबार ठमेलबाट पक्राउ गरेको हो ।

लामाले फोनबाट अश्लिल शब्दको प्रयोग गरी गालीगलौज गर्दै तामाङका हातखुट्टा भाँचिदिने, मार्ने र मारेवापत जेल बस्न एकजना मान्छेसमेत तयार गरेको भन्दै धम्की दिएको महाशाले जनाएको छ ।

लामाबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...