आफ्नै आमा बलात्कार गर्ने छाेरालार्इ जन्मकैद



हाम्रो इकोनोमि

आफ्नै आमालाई बलात्कार गर्नेलाई जन्मकैदको फैसला भएको छ। भोजपुरको साल्पासिलोछो गाउँपालिका २ दोभानेका २७ वर्षीय आकाश (परिवर्तित नाम ) लाई जन्मकैदको फैसला भएको हो।

 

आफ्नै जन्मदिने आमालाई बलत्कार गर्ने आकाशलाई जन्मकैद सहित २७ वर्षको कैद फैसला भएको हो।

 

जवरजस्ति करणीमा ७ वर्ष र जन्मदिने आमालाई करणी गरेकोमा हाडनाता तर्फ जन्मकैदको फैसला भएको जिल्ला अदालतका सुचना अधिकारी मणिराम पोखरेलले बताए।

जिल्ला न्यायाधीश हरिसचन्द्र इङ्गनामको इजलासले जन्मकैदको फैसला गरेको हो।

 

अभियुक्त आकाशले ६२ वर्षिय आमालाई पटकपटक बलात्कार गर्दै आएका थिए। आफ्नै छोराले पटकपटक बलात्कार गरेपछि उनी न्याय माग्न गाउँपालिका पुगेकी थिइन।

 

गाउँपालिकाले प्रहरीमा पठाएपछि प्रहरीले अाकाशलार्इ प्रक्राउ गरि आवश्यक कारबाही अगाडी बढाएको थियो। आमाको पहिचान खुल्ने भएका कारण छोराको नाम भने खुलार्इएकाे छैन।

 

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...