पाँचवटा रेडपान्डासहित राजधानीबाट दुईजना पक्राऊ



हाम्रो इकोनोमि

 

 

प्रहरीले काठमाडौँबाट दुर्लभ वन्यजन्तु रेडपान्डासहित दुईजनालाई पक्राउ गरेको छ । राजधानीको चाबहिलबाट टुकुचातर्फ लाँदै गरेको अवस्थामा सोलुखुम्बु निवासी दुईजनाबाट प्रहरीले पाँचवटा रेडपान्डा जीवितै बरामद गरेको हो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर मल्लका अनुसार गम्भीर अवस्थामा जीवितै समातिएका ती रेडपान्डा मरिसकेका छन् । ती रेडपान्डालाई सोलुखुम्बुबाटै ल्याइएको हुन सक्ने आशंका मल्लले गरे । अनुसन्धान भइरहेकाले पक्राउ परेका दुईजनाको नाम खुलिनसकेको उनले बताए ।

मल्लका अनुसार बरामद गरिएका रेडपान्डा बयस्क अवस्थाका छन् । यसअघिको समयमा रेडपान्डाका छालामात्रै बरामद हुने गरेका थिए । सम्भवत पहिलो पटक जीवितै रेडपान्डा प्रहरीले बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...