भ्रष्टाचारको काण्डैकाण्डमा पुर्व प्रधानसेनापति क्षेत्री, हामा आयलका सञ्चालक तिर्थ प्रधानसँग यस्तो साँठगाँठ



 

कालोबजारी गर्ने व्यापारीका रूपमा चिनिने हामा आयलका सञ्चालक तिर्थ प्रधानले नगर विकासबाट लिएको जग्गा अवैध रूपमा विक्री गरेको रहस्य खुलेको छ । २०३४ सालमा नगर विकासबाट ‘ओम्याक्स’ फिल्ल हल चलाउने प्रयोजनका लागि लिएको कित्ता नम्बर ३५७१ को ७ कठ्ठा जग्गा दुई टुक्रा पारेर केही समय पहिले ४ कठ्ठा जग्गा विक्री गरेको मालपोत कार्यालयबाट थाहा भएको हो ।

 

नगर विकासको नियमअनुसार जुन प्रयोजनका लागि जग्गा लिइएको हो, त्यो प्रयोजनभन्दा बाहेक अन्य प्रयोजनका लागि जग्गाका भोगचलन गर्न पाइँदैन । तर, काला व्यापारी प्रधानले उक्त जग्गा वडा, नगरपालिका, नापी, मालपोतका कर्मचारीलाई खरिद गरेर विक्री गरेपछि हेटौंडामा अहिले हंगामा मच्चिएको छ ।

 

प्रधानको उक्त जग्गा भ्रष्टाचारको काण्डैकाण्डमा मुछिएका नेपाली सेनाका विदामा बसेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले किनेका हुन् । स्रोत भन्छ, ‘क्षेत्रीले उक्त जग्गा करोडौंमा खरिद गरेता पनि राजश्व बढि तिर्न परेपछि कम मुल्याङकन गरेर राजश्व छली गरिएको छ, जुन मातलपोत कार्यालयको ढड्डाबाट प्रष्टै देखिन्छ ।’ २४ भदौबाट अवकाश पाउँदैछन् ।

 

बिक्रीपछि बाँकी रहेको ३ कठ्ठामा अहिले पनि प्रधानले सञ्चालन गरेको ‘ओम्याक्स’ फिल्म हल रहेको छ । जबकि नगरबिकासबाट लिएको जग्गा ब्यापारिक प्रयोजनका लागि कसैलाई पनि विक्री गर्न नपाइने नियम छ । सो सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने स्थानीयको भनाई छ ।

 

‘ओम्याक्स’ आगोलागी काण्ड
उनीमाथि आफैंले सञ्चालन गरेको हल ‘ओमेक्स’ मा पूर्वयोजनाअनुसार आगो लगाएर प्रभु ईन्स्योरेन्सबाट करोडौं रूपैयाँ क्षतिपूति दाबी गरेको आरोप लागेको छ । सो सम्वन्धमा ‘आगोलागी काण्ड’ झुटा भएकाले भन्दै छानबिन गर्न जिल्ला प्रहरी कार्यालय हेटौंडा, बीमा समितिलगायतका निकायमा उजुरी परेपछि आगलागी ‘फेक कि रियल’ भन्दै छानबिन भइरहेको छ ।

 

छानबिनका लागि प्रभु ईन्स्योरेन्सबाट पनि एक समित गठन गरिएको छ भने जिल्ला प्रहरी कार्यालय हेटौडाले छुट्टै अनुसन्धान गरिरहेको छ । प्रधानले भने करोडौं रूपैयाँ क्षति भएको भन्दै प्रभु ईन्स्योरेन्समा क्षतिपूर्ति दाबी गरेका छन् । गत साउन २३ गते ओम्याक्समा आगलागी भएको थियो । सोही दिन ललितपुरस्थित रहेको प्रभु ईन्स्योरेन्सको कार्यालयमा पुगेर करिब ३ करोड बराबरको ईन्स्योरेन्स गरिएको थियो । प्रधानले सो बापत ईन्स्योरेन्स कम्पनीलाई १ लाख २० हजारको चेकसमेत प्रिमियम बुझाएका थिए ।

 

हलमा आगलागी भएकै दिन ललितपुरमा रहेको प्रभु ईन्स्योरेन्स कार्यालबाट करिब १२ बजे उक्त हलको ईन्स्योरेन्स गरिएको थियो । जसका कारण घटना पुरै शंकास्पद देखिएको भन्दै प्रभु ईस्योरेन्सले भुक्तानी रोकेको छ । स्रोत भन्छ,‘सञ्चालक प्रधानले एक जना क्यासिनो व्यावसायीमार्फत गृहमन्त्री रामबहादुर थापालाई लगाएर छानबिनमा खटिएको प्रहरी अधिकृतलाई नै त्यहाँबाट हटाउन खोजेका छन् ।

 

प्रहरीले छानबिनपछि तयार पारेको प्रतिवेदन अनुसार हलमा पूर्वयोजना मुताविक आगो लगाइएको देखिएको थियो ।’ उता प्रभु ईन्स्योरेन्सले भने घटना पुरै शंकास्पद भएको भन्दै छानबिनपछि मात्र निक्र्याैलमा पुग्न सकिने बताएको छ ।

 

अनुसन्धानमा यस्तो भेटियो
स्रोतका अनुसार आगोलागी भएको उक्त हल नेपाल ईन्स्योरेन्स कम्पनीबाट पनि ईन्स्योरेन्स गरिएको गरिएको छ । जबकि एउटा समान वा बस्तुको एक ठाउँबाट ईन्स्योरेन्स गरेपछि अर्को ठाउँबाट गर्न नपाइने प्रावधान छ । हलमा आगोलागी भएपछि कार्यालयमा भएका सीसी टिभिका सीसी क्यामरा र हार्डडिक्स नै गायब पारिएको थियो । हलमा १४ वटा आगो निभाउने यन्त्र (फायर इस्टिङगुस्यर) हुँदाहुँदै आगो निभाउने प्रयास नभएको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानका क्रममा हलभित्र पेट्रोल र मबिल पनि भेटिएको थियो, जुन शंकास्पद देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार हलमा बिहान ८ बजे आगो लागेको थियो तर प्रहरीलाई भने ९ः३० बजेमात्र खबर गरिएको थियो । अनुसन्धानकै क्रममा सिवाकोटी थर गरेका पालेको खातामा ठूलो रकम फेला परेको थियो ।

 

सिवाकोटीले उक्त रकम जनकपुर चुरोट कारखानामा काम गरेबापत आएको बताएता पनि हिजोआज कुनै प्रकारको रकम बाँडिएको छैन् । हलमा भएको आगलागी सम्बन्धमा सञ्चालकको दिएको बयान समेत फरक परेपछि घटनालाई पुरै शंकास्पद मानिएको जिल्ला प्रहरी कार्यालय हेटौडाबाट बुझिएको छ ।

 

को हुन् तिर्थ प्रधान ?
प्रधान हेटौंडाका इन्धन व्यापारी हुन् । उनलाई इन्धन कालोबजारी गर्ने व्यापारीका रूपमा पनि चिनिन्छ । प्रधानले करिब एक दर्जन पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् । नियमले दुई वा तीनभन्दा बढि पेट्रोल पम्प एउटै ब्यापारीले चलाउन पाइदैन ।

तत्कालिन महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल (हालका आईजीपी) ले पेट्रोल पम्पहरूले मेसिन जडान गरी उपभोक्ता ठगी गर्ने उपत्यकाका २४ वटा पम्पहरूमा एकैसाथ छापा मारेका थिए । जसमा १३ वटा पम्पमा मेसिन विगारेर सर्वसाधारणलाई ठगी गरेको पाइएको थियो ।

 

सो अभियोगमा हामा आयालका सञ्चालक तिर्थ प्रधान र उनका छोराले सञ्चालन गरेको सानेपास्थित रहेको ‘त्रिशक्ति आयाल’ मा पनि छापा मारिएको थियो । मेसिन जडान गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि उनका छोरा युनिस प्रधान पक्राउ परेका थिए ।

 

त्यतिबेला कालोबजारी गरेको अभियोगमा उनका बाबु तिर्थ प्रधानलाई प्रहरीले व्यापक खोजी गरेता पनि उनी फरार भएका थिए । कालोबजारी गरेको अभियोगमा थुनामा पुगेका छोरा युनिसलाई सेटिङ मिलाएर उनले ७ महिनापछि बाहिर निकालेका थिए ।
जनप्रहार

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्