पहिरोसँगै खसेको ढुंगाले लागेर बैतडीमा दुई युवक घाइते



हाम्रो इकोनोमि

 

 

पहिरोसँगै भीरवाट खसेको ढुंगाले लागेर बैतडीमा मंगलवार दुई युवक घाइते भएका छन्। घाईतेमध्ये एकको अवस्था गम्भीर रहको छ।

 

घाइते हुनेमा मेलौली नगरपालिका १ का १८ वर्षीय आनन्दसिंह नेगी र ३५ बर्षीय देवेन्द्रसिंह नेगी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।

 

घाइतेमध्ये आनन्दको अवस्था गम्भीर रहेको छ।  गम्भीर घाइते आनन्दको  टाउकोमा गहिरो चोट रहेको प्रहरी प्रवक्ता जोशीले बताए।

गम्भीर घाइते आनन्दको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलाली रेफर गरिएको छ भने देवेन्द्रको मेलौलीमै उपचार भइरहेको छ।

 

मंगलबार बिहान साढे ९ बजे घरबाट काँडाबजार बजार जाने बेला डेवराली भन्नेस्थानमा एक्कासि पहिरोसँगै खसेको  ढुंगा लागेर उनीहरु घाइते भएका स्थानीय लक्ष्मण पार्कीले बताए।

 

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...