बलात्कार गर्न खोज्ने युवक यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

 

बेदकोट नगरपालिका– १ रडहाका एक युवक किशोरीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन्।

१७ वर्षीया एक किशोरीलाई जबरजस्ती गर्न खोजेको अारोपमा स्थानीय २२ वर्षीय तारी भट्टलाई प्रहरी कार्यालय झलारीको टोलीले भट्टलाई पक्राउ गरेको हो।

 

कृष्णजन्माष्टमीको अवसरमा शिव मन्दिरमा भजनकीर्तन गर्न गएका किशोलाई नजिकैको खोपकेन्द्रमा लगि जबरजस्ती करणी गर्न खोजेका थिए। अन्य व्यक्तिहरूले देखेपछि उनी फरार रहेका थिए।

पक्राउ परेका भट्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य अगाडी बढाइएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

बेहोस अवस्थामा फेला  कञ्चनपुरको कृष्णपुर नगरपालीका ५ स्थित दुई नम्बर चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ बर्षिय अञ्जली राना र कैलालीको गोदावरी नगरपाlलका–१ का बविता राना बेहोस अवस्थमा फेला परेका छन्।

बेहोश अवस्थमा फेला परेका दुवै जनालाई उपचारार्थ सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ। उनीहरू बेहोस हुनुको कारण भने खुल्न सकेको छैन।

वृद्धालाई कुटपिट  कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ बिचुवा बस्ने ४० वर्षीय किशोरदत्त भट्टले मादक पदार्थ सेवन गरी ७० वर्षीया महिलालाई निर्घात कुटपिट गरेका छन्। भट्टले सोही नगरपालिकाकी दुलारी रानामाथि कुटपिट गरेका हुन्।

इप्रका कृष्णपुरका अनुसार रानाको कुटपिट बाट दुई वटा दाँत झरेका छन। कुटपिट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीले आश्यक प्रकृया अगा बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...