बलात्कार गर्न खोज्ने युवक यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

 

बेदकोट नगरपालिका– १ रडहाका एक युवक किशोरीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन्।

१७ वर्षीया एक किशोरीलाई जबरजस्ती गर्न खोजेको अारोपमा स्थानीय २२ वर्षीय तारी भट्टलाई प्रहरी कार्यालय झलारीको टोलीले भट्टलाई पक्राउ गरेको हो।

 

कृष्णजन्माष्टमीको अवसरमा शिव मन्दिरमा भजनकीर्तन गर्न गएका किशोलाई नजिकैको खोपकेन्द्रमा लगि जबरजस्ती करणी गर्न खोजेका थिए। अन्य व्यक्तिहरूले देखेपछि उनी फरार रहेका थिए।

पक्राउ परेका भट्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य अगाडी बढाइएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

बेहोस अवस्थामा फेला  कञ्चनपुरको कृष्णपुर नगरपालीका ५ स्थित दुई नम्बर चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ बर्षिय अञ्जली राना र कैलालीको गोदावरी नगरपाlलका–१ का बविता राना बेहोस अवस्थमा फेला परेका छन्।

बेहोश अवस्थमा फेला परेका दुवै जनालाई उपचारार्थ सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ। उनीहरू बेहोस हुनुको कारण भने खुल्न सकेको छैन।

वृद्धालाई कुटपिट  कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ बिचुवा बस्ने ४० वर्षीय किशोरदत्त भट्टले मादक पदार्थ सेवन गरी ७० वर्षीया महिलालाई निर्घात कुटपिट गरेका छन्। भट्टले सोही नगरपालिकाकी दुलारी रानामाथि कुटपिट गरेका हुन्।

इप्रका कृष्णपुरका अनुसार रानाको कुटपिट बाट दुई वटा दाँत झरेका छन। कुटपिट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीले आश्यक प्रकृया अगा बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...