एनसेलको मुद्दाको पेशी न्यायाधीशकै इजलासमा तोकियो, सरकारले ६५ अर्ब रुपैयाँ लाभकर असुली गर्ने



हाम्रो इकोनोमि

 

बहुचर्चित एनसेलको मुद्दामा सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले न्यायाधीशद्वय डम्बर शाही र केदार चालिसेकोमा पेशी तोकेका छन् । निरजगोविन्द श्रेष्ठले दायर गरेको रिटमा यसअघि तत्कालीन न्यायाधीश हालका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश केदार चालिसेले नै मुनाफा विदेश लान दिनू भन्ने आदेश दिएका थिए ।

 

२०७४ पुस ९ मा मिश्र र चालिसेले एनसेलले पूँजीगत लाभकर नतिरे पनि मुनाफा विदेश लान अन्तरिम आदेश दिएका थिए । मंगलबार आजको पेशीमा तिनै चालिसेको इजलासमा एनसेलको पेशी तोकिएको छ ।

 

अन्तरिम आदेश दिने न्यायाधीशकै इजलासमा सामान्यतया पेशी तोक्ने प्रचलन छैन । तर कामु प्रधानन्यायाधीश मिश्रले एनसेलको रिटमा चालिसेसहित शाहीको इजलास तोकेका छन् । एनसेलको मुद्दामा अन्तरिम आदेश दिने न्यायाधीशकै इजलासमा आजको पेशी तोकिएपछि प्रधानन्यायाधीश मिश्रमाथि पनि नैतिक प्रश्न उठेको छ ।

सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । लाभकर नतिरी मुुनाफा विदेश लान नपाएपछि एनसेलका निरजगोविन्द श्रेष्ठले अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

 

उक्त रिटमा मिश्र र चालिसेले मुनाफा विदेश लान पाउने आदेश दिएका थिए । जुन आदेशका कारण सरकारले ६५ अर्ब रुपैयाँ लाभकर असुली गर्न सकेको छैन । सर्वाेच्चको आदेशपछि लाभकर नतिरी एनसेलले २३ अर्ब रुपैयाँ विदेश लगिसकेको छ । जसका कारण नेपालका बैंकहरुमा चरम तरलता अभाव भयो । र, त्यसको असर अझै जारी रहेको छ । जसका कारण बैंकहरुले ऋणीहरुसँग चर्को ब्याज असुली गर्दैआएका छन् ।

मिश्र र चालिसेको संयुक्त इजलाशले २०७४ पुस ९ मा एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको थियो । एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई बिक्री गरेकोे थियो भने नेपालीको २० प्रतिशत निरजगोविन्द श्रेष्ठले सतिसलाल आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठको सुनिभेरा क्यापिटललाई बिक्री गरेका थिए ।

कामु प्रधानन्यायाधीश मिश्रका विरुद्ध संसदीय सुनुवाई विशेष समितिले उजुरी माग गरेको छ । त्यसको म्याद समाप्त आज हुँदैछ । एनसेलको लाभकरको बिषय निकै चर्चामा छ । यसमा उनी मुछिएकाले पनि यो विशेष चर्चाको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...