अब ठगहरुको दिन गए, वैदेशिक रोजगारीका सबै विवरण एउटै अनलाइन सिस्टममा



हाम्रो इकोनोमि

 

सरकारले वैदेशिक रोजगारीका सबै तथ्यांकलाई एउटै प्रणालीमा राख्ने गरी अनलाइन सिस्टम तयार गरेको छ । यो सिस्टम आगामी सोमबार सार्वजनिक गर्ने तयारी छ ।

 

यसले वैदेशिक रोजगार विभागमा फाइल अड्काएर राख्ने कर्मचारीको प्रवृत्ति र म्यानपावरले गर्ने ठगीलाई पनि केही हदसम्म नियन्त्रण गर्ने अपेक्षा लिइएको छ ।

 

श्रम मन्त्रालयल र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परिक्षण संस्था, अभिमुखीकरण केन्द्र सबै एउटै सिस्टममा हुनेछ । कामदारको सम्पुर्ण विवरण पासपोर्ट नम्वर हानेकै भरमा भेटिनेछ । कुनै पनि व्यक्तिको उजुरी गुनासो समेत अनलाइन सिस्टममा आवद्ध हुनेछ ।

 

सिस्टममा कुन संस्थाका फाइल कुन कर्मचारीको टेबलमा पुगेर अडि्एको छ भनेर हेर्न सकिन्छ । चित्तबुझ्दो कारण विना फाइल अड्काइएमा मन्त्रालयलार्इ ‘एक्सन’ लिन सजिलो हुनेछ ।

सेोमबारबाट विदेशमा रोजगारी गरेर फर्किएकाहरुको पनि तथ्यांक राख्न सुरु हुनेछ । अहिलेसम्म यसको थालनी भएको छैन ।

 

रोजगारीका लागि विदेशी जाने नेपालीहरुको रेकर्ड सरकारसँग हुन्छ । तर, विदेशबाट फर्किनेहरुको बारेमा सरकारी निकायहरु कुनै खोजखबर गर्दैनन् । विदेशमा श्रम गरेर वर्षेनी कति नेपाली स्वदेश फर्किन्छन् भन्ने प्रश्नमा उत्तर दिन नसक्ने सरकारले अब भने एकीन तथ्यांक नै लिने तयारी गरेको हो ।

 

श्रम तथा रोजगार मन्त्रालयले फर्किएका कामदारको पनि सम्पूर्ण रेकर्ड राख्ने तयारी गरेको छ । यो व्यवस्थासहित वैदेशिक रोजगारीमा जाने युवाको विवरण र तथ्यांक व्यवस्थित गर्ने गरी श्रम तथा रोजगार मन्त्रालयले अनलाइन सिस्टम विकास गरेको छ ।

श्रममन्त्री गोकर्ण बिष्टले अबका यस्तो अनलाइन सिस्टममा विदेश जानेहरुको पनि सम्पुर्ण खालका तथ्यांक र विवरण रहने बताए ।

 

अहिलेसम्म फर्किनेको तथ्यांक एकीन नहुँदा सरकारले नीति निर्माणमा अप्ठेरो खेप्दै आएको थियो । विदेश जाने युवाको तथ्यांकमा पनि अनेक प्रकारका अन्योल थिए । श्रम स्वीकृति लिने संख्यालाई नै विदेश गएको संख्याका रुपमा मानिँदै आएको थियो ।

अब भने कामका लागि श्रमिक भिसामा जाने र त्यहाँबाट काम गरेर फर्किनेको तथ्यांकलाई व्यवस्थित र एकीकृत गर्न लागिएको हो ।

 

‘कामका लागि विदेश जान सबैको सम्पूर्ण व्यक्तिगत विवरण, नाम थर, ठेगाना, पासपोर्ट नम्बर, विदेशमा कुन कम्पनीका जाने, कस्तो काममा जाने, कति वर्ष बस्ने, कति तलव सुविधा छ लगायतका सबै विवरण हामी अनलाइनमा एक क्लिक गर्दा भेटिने गरी गरि राख्दै छौं,’ मन्त्री बिष्टले भनेका छन्,’फर्किनेको पनि यस्तै विवरण सहित कुन कम्पनीबाट कति वर्ष काम गरेर कुन सीप लिएर फर्किएको छ भन्ने सबै व्यवस्थित गरिनेछ ।’

 

अहिलेसम्म कामका लागि श्रम स्वीकृति लिएर ५० लाखभन्दा बढी युवा विदेशिएको तथ्यांक भएपनि यसमा श्रम रि-इन्ट्री गरेर जानेको संख्या पनि जोड्ने गरिन्छ । जसले गर्दा तथ्यांकमा दोहोरपना छ ।

विदेशिएकामध्ये कति युवा स्वदेश फर्किए र कतिले फेरि श्रम इजाजत नवीकरण गरेर विदेश उडे भन्ने एकीन तथ्यांक अहिले सरकारसँग छैन ।

 

त्यसैले अब विदेशबाट फर्किएकाहरुको पनि व्यवस्थित तथ्यांक राख्ने निश्कर्षमा मन्त्रालय पुगेको हो । अब विदेशबाट फर्किएकालाई एयरपोर्टमै सोधिनेछ ‘के सीप सिक्नुभयो ? कति वर्षको अनुभव छ ? कुन कम्पनीमा काम गर्नुभयो ? फर्केर के गर्नुहुन्छ ? लगायत ।

 

तथ्यांक किन ?

श्रम मन्त्रालयका अधिकारीहरुका अनुसार विदेशबाट फर्किएका जनशक्तिको महत्वलाई बुझेर नै तथ्यांक लिने तयारी गरिएको बताउँछन् । विदेशबाट फर्किएका युवालाई ‘सोसियल रेमिट्यान्स’ भएकाले उनीहरुको तथ्यांक फेरि स्वदेशमा स्वरोजगार गराउने नीतिका लागि यो महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

 

‘कामदारले विदेश गएर कमाएर पठाउने रेमिट्यान्सको महत्व कति छ भनेर बयान गर्नुपर्दैन’ मन्त्रालयका एक अधिकारी भन्छन् ‘तर, उनीहरुले विदेशमा संगालेका सीप र अनुभव त्योभन्दा निकै बहुमूल्य हुन्छ । त्यसको सदुपयोग गर्ने वातावरण तयार गर्न फर्किएका युवाबारे राज्यले चासो राख्न लागेको हो ।’

उनले राज्यले रोजगारी सम्बन्धी नीति बनाउँदा र कार्यक्रमहरु तय गर्दा पनि यस्ता तथ्यांकले निकै महत्व राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...