स्मार्ट लाइसेन्स छपाउने जिम्मा निजी क्षेत्रलाई दिइने, सातवटै प्रदेशबाट लाइसेन्स वितरण गर्ने यस्तो छ सरकारको तयारी



हाम्रो इकोनोमि

 

अब प्रदेश कार्यालयबाट नै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) पाइने भएको छ ।

सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी यातायात व्यवस्था विभागले बढाएको छ । एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको काम समेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन विभागल तयारी गरहेको हो ।

 

विभागका महानिर्देशक लावण्यकुमार ढकालका अनुसार आन्तरिक छलफल र गृहकार्य गरिरहेको र कुन तहबाट वितरण गर्ने र केन्द्रीय डाटासँग कसरी जोड्ने भन्नेबारे टुंगो नलागेको बताए । उनका अनुसार प्रदेशबाट लाइसेन्स बाँड्ने गरी प्रक्रिया अगाडि बढाइएको छ ।

 

विभागका अनुसार प्रदेश सरकारको मागअनुसार लाइसेन्स छाप्ने अधिकार प्रदेश कार्यालयलाई दिने प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश कार्यालयलाई आवश्यक पर्ने प्रिन्टर प्रदान गर्न ठेक्का आह्वानदेखि प्रिन्ट गर्दासम्म केन्द्रीय डाटासँग जोड्ने प्रणाली बनाएर मात्र प्रिन्टर उपलब्ध गराइने भएको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

 

हाल विभागले देशभरका यातायात कार्यालयमार्फत अनलाइनबाट फर्म भर्ने र डाटा संकलन गरेर स्मार्ट लाइसेन्स प्रिन्ट गर्दै आएको छ । विभागबाट मात्र लाइसेन्स छपाइ हुँदा प्रदेशमा पुग्न समय लाग्ने र लाइसेन्स पाउनका लागि महिनौँ कुर्नुपर्ने समस्या सिर्जना भएपछि प्रदेश कार्यालयलाई नै प्रिन्टर दिने तयारी विभागले गरेको हो ।

 

यसैगरी प्रिन्टर बिग्रिँदा ट्रायल पास गरेर ६ लाख जनाले स्मार्ट लाइसेन्स प्राप्त गर्न सकेका छैनन् । तर यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले आगामी तीन महिनाभित्र ६ लाख लाइसेन्स प्रिन्ट गरेर वितरण गर्ने बताए ।

नेपालमा बढ्दै विद्युतीय गाडीको मोह

नेपालीहरुमा विद्युतीय गाडीको मोह बढ्न थालेको छ । देशका उच्चपदस्त ब्यक्तिहरुले नै विद्युतीय गाडीको प्रयोग गर्न थालेपछि सर्बसाधरणहरुमा यसको प्रभाव पर्न थालेको हो । पछिल्लो समय राष्ट्रपति र उर्जामन्त्रीले विद्युतीय गाडी खरिद गरेसँगै यसको मागमा पनि बृद्धि हुन थालेको हो ।

 

गत बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीका लागि ६० लाखको विद्युतीय कार खरिद गरिएको छ भने साता दिन नवित्दै उर्जामन्त्री बर्षमान पुनले पनि विद्युतीय गाडी खरिद गरिसक्नुभएको छ । यस्तै, पुर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अर्थ सचिव रामेश्वर खनालले पनि एकबर्ष अघि नै विद्युतीय गाडी खरिद गर्नुभएको हो । यसअघि उर्जा मन्त्रालयले जारी गरेको स्वेतपत्रमा विद्युतीय सवारी साधनको प्रयोगलाई बृद्धि गरी आगामी पाँच वर्षभित्र ५० प्रतिशत पु¥याउने लक्ष्य उल्लेख छ ।

 

विद्युतिय सवारी बारे जनताबीच जनचेतना फैलाउने उद्देश्यले राष्ट्रपति र उर्जामन्त्रीका लागि विद्युतिय गाडी खरिद गरिएको हो । विगतमा नेपालले भोग्नुपरेको नाकाबन्दीबाट पाठ सिकेकाहरु यतिबेला विद्युतीय गाडी खरिद गर्ने होडबाजीमा छन् । जलविद्युतलाई उपयोग गरी विस्तारै मुलुकभरी विद्युतीय गाडीको संख्यामा बृद्धि गर्ने उर्जा मन्त्री पुनको भनाई छ ।

 

नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव झेलेको नेपालले मुलुकमै रहेको उर्जालाई उपयोग गरी विद्युतीय गाडी संचालनको लागि सरकारले आयातमा विभिन्न सहुलियत प्रदान गरेको छ । सरकारले गाडीको आयातमा लाग्ने भन्सार, अन्तशुल्क, वीमा लगायतमा सहुलियतको व्यवस्था गरेको हो ।

 

विद्युतीय गाडीको खपत बढाएर पेट्रोलियम पदार्थबाट ठूलोमात्रामा हुँदै आएको व्यापार घाटा कम गर्ने सरकारको लक्ष्य छ । मन्त्रालयका अनुसार पेट्रोल र डिजेलको गाडी आयात गर्दा २४६ प्रतिशत भन्सार लाग्छ, भने विद्युतीय गाडीको आयातमा २४ प्रतिशत मात्रै भन्सार तिर्नुपर्नेछ । त्यसैले मन्त्रालय यतिबेला सार्वजनिक रुपमै विद्युतीय सवारी चलाउन यातायात कम्पनीहरुलाई आग्रह गरिरहेको छ ।

 

नेपालमा हालसम्म विद्युतीय सार्वजनिक बस चलेका छैनन् । तर, पछिल्लो समयमा काठमाडौंमा विद्युतीय बस ल्याउन विभिन्न कम्पनीले तीव्र तयारी गरिरहेका छन् । मयुर यातायात, साझा यातायात, सुन्दर यातायात, गोर्खा इको लगायतका कम्पनीले यसका लागि गृहकार्य गरिरहेका छन् ।

 

उर्जा मन्त्रालयले विद्युतीय सवारीको संख्यामा बृद्धि गर्नको लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिरहेको छ । नेपालका सडकहरुमा विद्युतीय सवारीको प्रयोग बाक्लो हुने हो भने नेपालको व्यापार घाटा ओरलो लाग्ने पक्का छ । त्यसैले पेट्रोलियम आयात कम गर्न पनि बिजुलीको खपत बढाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...