गृहले सिल तोडेपछि आजबाट खुल्यो बाजेको सेकुवा



हाम्रो इकोनोमि

बन्द भएको साढे २ महिनापछि काठमाडौं उपत्यकामा रहेको बाजेको सेकुवाको सबै शाखाहरु आजबाट संचालनमा आएको छ।

भदौं १३ गते सर्वोच्च अदालतले सबै शाखाहरु तत्काल खोल्न अन्तरिम आदेश दिएपछि आजबाट काठमाडौं उपत्यकामा रहेका सबै १० वटै शाखा संचालनमा आएको हो।

बाजेको सेकुवाका संचालक चेतनाथ भण्डारी ३३ किलो सुन काण्डमा मुछिएपछि गृह मन्त्रालयद्धारा गठित सुन छानबिन समितिले गत जेठ ३० गते बाजेको सेकुवामा छापा मारेर सिल गरेको थियो।

सबै शाखा सिल गरेपछि संचालक निकिता भण्डारीले सर्वोच्च रिट हालेकी थिइन् । सुन काण्डमा चेतनाथ भण्डारी मुछिएपनि ब्यवसाय बन्द गर्न नहुने भन्दै सुन छानविन समितिको आलोचना भएको थियो।

ब्यापारीहरुले सुन छानबिन समितिकै नियतमाथि शंका गरेका थिए। सरकारले बाजेको सेकुवामा ताला लगाएर उक्त कम्पनीका अन्य सेयरधनी र कर्मचारीको अधिकारसमेत हनन गरेको ब्यापारीहरुले बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...