श्रीमान नभएको मौकामा आठ महिनाकी गर्भवतीमाथि सामुहिक बलात्कार



 

 

 

श्रीमान नभएको मौका छोपेर कपिलवस्तुकी एक आठ महिनाकी गर्भवतीमाथि सामुहिक बलात्कार गरिएको छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–७ परसौया वस्ने ३८ वर्षीया ८ महिने गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेका छ । भदौ १२ गते राति साढे १० वजेतिर पति नभएको समय पारी सोही गाउँका २८ वर्षीय बकन्चु केवट, ४० वर्षीय प्रह्लाद केवटले ४२ वर्षीय वर्षादी केवटको सहयोग लिइ वलात्कार गरेको पीडितले बताएकी छन् ।

पीडितका पतिले १३ गते तीनै जनाविरुद्ध किटानी जाहेर दिएको र प्रहरीले थप अनुसन्धान गरेर पीडकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय गणेशपुरमा प्रहरी निरीक्षक नविन पौडेलले वताएका छन् । निरीक्षक पौडेलको नेतृत्वमा खटिएको टोलीले किटानी जाहेर दिएकै दिन वर्षादी केवटलाई पक्राउ गरेको हो । त्यस्तै भदौं १४ गते अर्का आरोपी प्रह्लाद केवटलाई पक्राउ गरेको निरीक्षक पौडेलले जनाएका छन् । त्यस्तै मुख्य आरोपित वकन्चु केवट घटनापछि फरार थिए ।

प्रहरीले केवटलाई भारतको सन्सरी भन्ने ठाउमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।
बहादुरगञ्जमा रहेको शिवराज अस्पतालमा उपचार भएपछि पीडितको अवस्था सामान्य बन्दै गएको प्रहरी निरिक्षक पौडेलले जानकारी दिएका छन् । पीडकहरुलाई जवरजस्ती करण अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल