श्रीमान नभएको मौकामा आठ महिनाकी गर्भवतीमाथि सामुहिक बलात्कार



हाम्रो इकोनोमि

 

 

 

श्रीमान नभएको मौका छोपेर कपिलवस्तुकी एक आठ महिनाकी गर्भवतीमाथि सामुहिक बलात्कार गरिएको छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–७ परसौया वस्ने ३८ वर्षीया ८ महिने गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेका छ । भदौ १२ गते राति साढे १० वजेतिर पति नभएको समय पारी सोही गाउँका २८ वर्षीय बकन्चु केवट, ४० वर्षीय प्रह्लाद केवटले ४२ वर्षीय वर्षादी केवटको सहयोग लिइ वलात्कार गरेको पीडितले बताएकी छन् ।

पीडितका पतिले १३ गते तीनै जनाविरुद्ध किटानी जाहेर दिएको र प्रहरीले थप अनुसन्धान गरेर पीडकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय गणेशपुरमा प्रहरी निरीक्षक नविन पौडेलले वताएका छन् । निरीक्षक पौडेलको नेतृत्वमा खटिएको टोलीले किटानी जाहेर दिएकै दिन वर्षादी केवटलाई पक्राउ गरेको हो । त्यस्तै भदौं १४ गते अर्का आरोपी प्रह्लाद केवटलाई पक्राउ गरेको निरीक्षक पौडेलले जनाएका छन् । त्यस्तै मुख्य आरोपित वकन्चु केवट घटनापछि फरार थिए ।

प्रहरीले केवटलाई भारतको सन्सरी भन्ने ठाउमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।
बहादुरगञ्जमा रहेको शिवराज अस्पतालमा उपचार भएपछि पीडितको अवस्था सामान्य बन्दै गएको प्रहरी निरिक्षक पौडेलले जानकारी दिएका छन् । पीडकहरुलाई जवरजस्ती करण अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...