गुण्डा प्रयोग गरी काठमाडौंमा दिनदहाडै दुई जनाको यसरी भयो अपहरण



 

 

काठमाडौंमा व्यावसायिक गुण्डा प्रयोग गरी दिनदहाडै दुई जनाको अपहरण गरिएको छ ।

 

तर, प्रहरीले आइतबार काठमाडौंका दुई बेग्ला–बेग्लै स्थानबाट अपहरणमा परेका व्यक्तिको सकुहल उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुको माछापोखरीस्थित होटल र लाजिम्पाटस्थित एउटा घरबाट पीडितको उद्धार गरेको हो ।
प्रहरीले दुबै घटना फिरौतीका लागि नभई रकम उठाउन गुण्डाको प्रयोग भएको देखिएको जानकारी दिएको छ ।

प्रहरीले बालाजु माछापोखरीस्थित एक होटलमा बन्धक बनाइएको अवस्थामा नवलपरासीका भगतबहादुर थापाको उद्धार गरेको हो । प्रहरीले उनको अपहरणमा संलग्न ४ जनालाई आइतबार पक्राउ गरेको हो । यस्तै लाजिम्पाटबाट उद्धार गरिएका पीडित र आरोपीका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आफू ठगिएपछि ठग्न अपहरण
वैदेशिक रोजगारीका लागि एक युवाले बिचौलियालाई साढे १२ लाख रुपैयाँ बुझाएका थिए। उनी चोरबाटो हुँदै टर्कीसम्म पुगे । तर त्यहाँ उनले रोजगार पाएनन् केही दिनपछि फर्काइयो । टर्कीबाट नेपाल फर्किएका उनले आफ्नो रकम फिर्ता माग्दै पठाउनेलाई ताकेता गरे ।

तर दिएको पैसा फिर्ता भएन । युवाले महानगरीय प्रहरी वृत्त बालाजुलाई टनाबारे जानकारी पनि गराए । वृत्तले वैदेशिक रोजगारसम्बन्धी घटना हेर्न मूलुकी अपराध संहितामा प्रहरीलाई अधिकार नभएको बताउँदै छलफलसम्म गराई दिने भनेर बोलायो । वृत्तमा आइतबार दुबै पक्षले वार्ता गरे । तर वार्ता निष्कर्षमा पुग्न सकेन ।

वृत्त बाहिर निस्कँदा साथ ठगिने युवाले स्थानीय गुण्डाको सहयोगमा ठग्ने व्यक्ति भगतबहादुरलाई जवरजस्ती नियन्त्रणमा लिए । उनलाई माछापोखरीको एक होटलमा राखेर रकम माग्न थाले । प्रहरीले घटनाको जानकारी कुनै माध्यमबाट पायो। अपहरणमा परेका नवलपरासीका थापाको खोजीमा वृत्त बालाजु खटियो ।

दिनभरीको प्रयासमा थापालाई होटलमा बन्धक बनाएको अवस्थामा उद्धार गरेको प्रहरीले जनाएका छ । परिसर प्रमुख एसएसपी बसन्त लामा बालाजु क्षेत्रमा सक्रिय गुण्डा समूहको संलग्नता देखिएकाले उनीहरुको खोजी तीव्र बनाएको बताउँछन् । काठमाडौं प्रहरीका वृत्त महाराजगञ्ज र वृत्त दरबारमार्गसहित काठमाडौं प्रहरीको सादा पोशाकको टोली आइतबार राति अबेरसम्म ब्यस्त थियो।

महाराजगञ्जबाट एक व्यक्तिको अपहरण भएपछि प्रहरी इकाई सक्रिय बनेका थिए । आइतबार राति अपहरित व्यक्ति लाजिम्पाटको एक घरमा बन्धक अवस्थामा भेटिए । प्रहरीले उनको उद्धार गरेर अनुसन्धान थाल्यो । पीडितको प्रारम्भिक बयानमा सापटी लिएको साढे दुई लाख नदिएपछि उनको अपहरण भएको खुलेको थियो । दुबै घटनामा गुण्डा प्रयोग भएको प्रहरीको दावी छ ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल