किन लुकायो प्रहरीले सुन्धारा गोली काण्ड ?



हाम्रो इकोनोमि

 

प्रहरीले एक युवतीका प्रेमी पक्रनका लागि सुन्धारामा गोली चलाएको स्थानीयले दावी गरिरहेका बेला प्रहरीले भने घटनालाई लुकाएको छ ।

एक युवतीलाई धम्क्याएको आरोप लागेका किसन राईलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको तर, राई बचेर फरार रहेको स्थानीय प्रत्यक्षदर्शीले बताए पनि प्रहरीले भने स्थानीयको भनाइमा कुनै सत्यता नभएको दावी गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका सई लोकेन्द्र पन्थको टोलीले किसन राई नामका व्यक्तिमाथि गोली चलाएको हो । तामाङ थरकी युवतीलाई राईले धम्क्याउने गरेको सूचना परिसर प्रमुख एसएसपी वसन्त लामा समक्ष पुगेपछि प्रहरी परिचालन भएको थियो ।

प्रहरी आएपछि भाग्दै गरेका राईमाथि गोली चलाइएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘उनी भाग्दै गर्दा गोली चलाइयो’, एक प्रत्यक्षदर्शी भन्छन् । राई दरबारमार्गस्थित किंस लाउन्ज बारका सञ्चालक रहेको जनाइएको छ ।

परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले गोली चलाएको विषय अफवाह भएको दाबी गरेका छन् । राईविरुद्ध पक्राउ पूर्जी जारी नभई प्रहरीले गोली चलाएकाले घटना गुपचुप राखेको प्रहरी स्रोतको दाबी छ । ती युवतीले पनि प्रहरीमा लिखित जाहेरी नदिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...