निर्मला हत्या प्रकरणः एसएसपीको नेतृत्वमा सिआइवीको टोली कञ्चनपुर पुग्यो



हाम्रो इकोनोमि

१३ वर्षीय बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरोको टोली कञ्चनपुर पुगेको छ। एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा टोली आइतबार कञ्चनपुर पुगेको हो।

घटना भएको चार दिनपछि व्यूरोबाट डिएसपी अङ्गुर जिसीको नेतृत्वमा अनुसन्धानको लागि टोली कञ्चनपुर पुगेको थियो। कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र व्यूरोको टोलीले घटना भएको २४ दिनपछि अभियुक्त सार्वजनिक गरेसँगै प्रहरीको अनुसन्धानमा शङ्का पैदा भएको थियो। एसपी विष्टलाई निलम्बन गरेसँगै व्यूरोको टोली समेत फिर्ता बोलाइएको थियो।

व्यूरोको टोलीले कञ्चनपुर प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने व्यूरो स्रोतले जानकारी दिएको छ। टोलीमा व्यूरोका डिएसपी कमल थापा समेत रहेका छन्।

प्रहरीले घटना पक्राउ गरेका भीमदत्त नगरपालिका वडा नम्बर १८ का रोशनी बम र बविता बमसँग बयान लिने काम गरिरहेको छ। गत साउन ११ गते पन्तको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...