मोरङको कानेपोखरी गाउँपालिकामा डुबेर दुई बालकको मृत्यु



हाम्रो इकोनोमि

 

मोरङको कानेपोखरी गाउँपालिकामा आइतबार खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाले बगाएर सोही ठाउँका श्याम दर्जीका छ वर्षीय छोरा रेशम दर्जीको मृत्यु भएको हो ।

बिहान घरबाट हराएका दर्जीको खोजी गर्ने क्रममा बेलुका खोलाको बीचमा अड्किएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगार्इंले जानकारी दिनुभयो ।

त्यस्तै कानेपोखरी गाउँपालिका–३ मा आफ्नै घरको माछा पोखरीमा डुबेर विशाल राईको दुई वर्षीय छोरा अभि राईको मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...