पोखरीमा डुबेर बालकको मृत्यु ,आगलागीबाट दुई करोड बराबरको क्षति



 

सप्तरीको राजगढ गाउँपालिका– ३ स्थित पोखरीमा डुबेर आइतबार साँझ एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय बैजनाथ यादवको १० वर्षीय छोरा त्रिभुवन यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीपीडितको दैनिकी कष्टकर बन्दै

सप्तकोशी नदीको बाढीले प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिकाका ६०० घरपरिवारको दैनिकी कष्टकर बन्दै गएको छ ।

कोशी नदीको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाठी गाउँपालिकाका घरमा पाँच दिनदेखि बाढी यथावत् रहेकाले दैनिक जनजीवन कष्टकर बनेको बाढीपीडितले गुनासो गरेका छन् ।

बस्ती नजिकैको विद्यालय डुबानमा परेपछि बाढीपीडित नजिकैको कृषि सेड तथा सडकमा त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेको बाढीपीडित रामकुमार सदाले बताउनुभयो । घरमा रहेको खाद्यान्नसमेत नष्ट भएकाले भुजा र च्युराबाहेक अरु खानेकुरा नपाएको पीडितले गुनासो गरेका छन् ।

बाढीले चामलसमेत डुबाएकाले खानेपानीको समस्या रहेको उनीहरुले गुनासो गरे । पाइलट च्यानलमार्फत् भारतले नदीको धार परिवर्तन गराएपछि पाँच दिन अगाडि सप्तकोशी नदीमा आएको बाढीले सप्तरीका मानवबस्तीमा बाढी पसेको थियो ।

कोशी नदीमा आएको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ६ का ५४० परिवार प्रभावित भएका छन् । प्रभावित परिवारमध्ये करीब २०० परिवार कोशी नदीको पश्चिमी बाँधमा अस्थायी शिविर बनाएर बसेका छन् । कोशीको पानी घरमा पसेपछि स्थानीय बासिन्दा पाँच दिनदेखि घरमा खानासमेत पकाउन सकिरहेका छैनन् ।

सुत्ने कोठा, भान्छा कोठा र शौचालय समेतमा पानी पसेपछि उनीहरु सुरक्षित स्थानका लागि अग्लो ठाउँमा बस्न बाध्य रहेको स्थानीय बासिन्दा चन्दन यादव बताउनुभयो ।

बस्तीमा पानी छिरेपछि हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ की तीन दिनकी सुत्केरी आफ्नै घरमा बाढीले घेरिएपछि कष्टकर र जोखिमपूर्ण जीवन बिताउन बाध्य हुनुभएको छ । फुसको घर चारैतिर बाढीको पानीले घेरिएपछि २३ वर्षीया सहनाज खातुनको बिजोग भएको यादवले जानकारी दिनुभयो ।

सुरक्षित स्थानको अभाव र घरमा दुई फिटसम्म पानी जमेपछि उहाँलाई नवजात शिशुसँगै कोठामा खाट राखी हालसम्म सुरक्षित राख्ने प्रयास गरिएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडी र वडा नं ५ को बर्साइनमा पनि ३० परिवारको घर डुबानमा परेको छ ।

बाढी प्रभावित वडामा रहेको चर्पी तथा खानेपानी ट्युबवेल पानीमा डुबेकाले त्यहाँका बासिन्दा खुला ठाउँमा दिसा बस्ने गरेका कारण फोहर बढ्दै गएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताउनुभयो । बीस वर्षपछि सप्तकोशीको बाढी यस बस्तीमा पसेको स्थानीय बासिन्दाको भनाइ छ ।

आगलागीबाट दुई करोड बराबरको क्षति

इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ ।

देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीन वटा सटर (पसल) साथै घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो । विद्युत चुहिएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

बेलुका करीब ८ बजे शुरु भएको आगलागी ११ बजे राती पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो । दमकलसहित स्थानीय बासिन्दा र सुरक्षाकर्मी समेतको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट राँके बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका श्रीबहादुर विष्टको जुत्ता, चप्पल र फेन्सी पसल साथै तीलविक्रम बस्नेतको खाद्यान्न एवं किराना पसल जलेर पूर्णरुपमा नष्ट भएको बताइएको छ ।

आगलागीमा दुई वटा एलपी ग्यास पड्किएको स्थानीय बासिन्दाले जानकारी दिए । पानी परेकाले पनि आगलागी नियन्त्रणमा सहज भएको स्थानीय बासिन्दाको भनाइ छ । राति भएको आगलागीबाट क्षतिको यकिन विवरण भने आइनसकेको बताइएको छ ।
मेची राजमार्गसँगै जोडिएको राँके बजारमा करीब दुई वर्ष अगाडि पनि आगलागी हुँदा केही घर जलर नष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्