क्यानडा र फ्रान्स पठाइदिने भन्दै तीन करोड ठगी, गर्ने दुई पक्राउ



हाम्रो इकोनोमि

 

क्यानडा र फ्रान्स पठाइदिने भन्दै तीन करोड रुपैयाँभन्दा बढी ठगी गर्ने गिरोहका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुल्सीपुर–२ का २७ वर्षीय प्रेरणालक्ष्मी मल्ल र तुल्सीपुर–६ का २९ वर्षीय विराज यादव छन् ।

 

उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले कञ्चनपुरबाट पक्राउ गरेको हो । पक्राउपछि प्रहरीले दुवैलाई मानव बेचबिखन तथा ओसार–पसार मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाएको छ ।

 

प्रलोभन दिँदै ठग्दै
प्रहरीका अनुसार उनीहरूविरुद्ध १४ पीडितले उजुरी दिएका छन् । आकर्षक कमाइको प्रलोभन दिएर आफूहरूसँग प्रतिव्यक्ति १५ देखि २५ लाख रुपैयाँसम्म रकम उठाएको उजुरीमा उल्लेख छ । उनीहरूले तीन करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीको दाबी छ । प्रहरीले मल्ल र यादवलगायत समूहले ठूलो रकम उठाएर अवैध रूपमा मानव ओसार–पसार गर्दै आएको दाबी गरेको छ ।

 

पीडित १ वर्षसम्म बन्धक
सिआइबी प्रवक्ता एसपी सानुराम भट्टराईका अनुसार मानव ओसार–पसारका लागि उनीहरूले भारत, इथियोपिया हुँदै गिनीको राजधानी कोनाक्रीको रुट प्रयोग गर्दै आएका थिए । यसक्रममा उनीहरूले पीडितलाई ६ महिनादेखि वर्षदिनसम्म अपार्टमेन्टमा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक शोषण गर्दै आएका थिए ।

 

‘यिनीहरूले अवैध रूपमा मानव ओसार–पसार गरेको देखिन्छ । विशेषगरी भारत, इथियोपिया हुँदै गिनीको राजधानी कोनाक्रीको रुट प्रयोग गरेको देखिन्छ,’ एसपी भट्टराईले भने, ‘पीडितलाई आफन्तसँग सम्पर्क गर्न नदिई ६ महिनादेखि वर्षदिनसम्म यातना दिएको बयानबाट खुलेको छ ।’

 

गिरोहका अन्यको खोजी जारी
प्रहरीले मानव तस्करीमा मल्ल र यादवबाहेक अरू पनि संलग्न रहेको आशंका गरेको छ । ‘अनुसन्धान जारी छ । यो गिरोहमा अरू पनि संलग्न हुन सक्ने आशंका छ,’ एसपी भट्टराईले नयाँ पत्रिकासँग भने ।
पीडितको उजुरीपछि सिआइबीले मल्ल र यादवविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । नोटिस जारी भएपछि उनीहरू इन्टरपोलमार्फत खोजीको सूचीमा थिए ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...