श्रीमान भन्दै कोठा बुक गराउने युवा फरार, होटेलको कोठामा युवती मृत अवस्थामा फेला



हाम्रो इकोनोमि

 

नेपालमा महिला हिंसा र बलात्कार लगायत हत्याका घटना दिनप्रतिदिन बढ्दै गएको छ । काठमाडाैंको बसुन्धारास्थित एक गेस्ट हाउसमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।

 

गएको शुक्रवार होटेलको कोठा नं १०१ मा मृत भेटिएकी युवती धादिङ घर भएकी २० वर्षिया लक्षमी परियार रहेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार होटेलको कोठा बन्द रहेको केहि दिनमा होटेल संचालकले शंका लागेर प्रहरीलाई खवर गरेपछि प्रहरी त्यहाँ पुगेको जनाइएको छ । तर, युवतीको शव गन्ध आउने स्थितिमे पुगिसकेकाले मानिसहरु आतंकित बनेका थिए ।

मृतक लक्ष्मी अन्दाजी २२ बर्षीय युवकसँग केही दिन अगाडी होटलमा कोठा लिएर बस्ने गरेको देखिएको छ। होटल संचालकले प्रहरीलाई दिएको जानकारीअनुसार उनीहरु श्रीमानश्रीमती भएको बुझिएको छ। एसपी जोशीले भने,’उनीहरु केही दिन अगाडि नै होटेलमा आएर बसेको देखिन्छ। उनीहरुको सम्वन्ध के थियो भन्ने खुलेको छैन।’

गत १३ गते बिहान लक्ष्मीसँगै आएका युवक भने बाहिरबाट कोठामा ताल्चा लगाएर गएका थिए । यसअघि पनि उनीहरु पटकपटक होटेलमा आएर बस्ने गरेको प्रहरी अनुसन्धान खुलेको हो। ‘आफुलाई श्रीमानश्रीमती भएको भन्दै यसअघि पनि होटेलमा बसेको भेटिएको छ।’

शवको पोस्टमार्टमको लागि शिक्षण अस्पताल लगिएको छ। रिपोर्टपछि नै युवतीको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...