गुण्डा नाइके दावा लामाविरुद्ध नक्कली भारतीय रुपैयाँ कारोबार गरेको अभियोग, कलकत्ता प्रहरीको कब्जामा



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीको ‘क’ श्रेणीको गुण्डाको सूचीमा रहेका दावा लामालाई भारतीय प्रहरीले ‘फेक करेन्सी’मा अनुसन्धान शुरु गरेको छ ।

शनिवार दुबईबाट नेपाल फर्कने क्रममा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका काभ्रेली समूहका दावामाथि कलकत्ता प्रहरीले अनुसन्धान शुरु गरेको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।

सुरक्षा स्रोतका अनुसार कलकत्ता प्रहरीको आग्रहमा पक्राउ परेका दावालाई दिल्लीबाट कलकत्ता लगिएको छ ।

‘कलकत्ता प्रहरीमा नक्कली भारतीय रुपैयाँ कारोबार गरेकोबारे एफआईआर (प्राथमिक सूचना रिपोर्ट)  दर्ता भएको रहेछ’ नेपालस्थित एक उच्च सुरक्षा अधिकारीले भने, ‘अहिले दावामाथि कलकत्ता प्रहरीले अनुसन्धान गरिरहेको सूचना आएको छ ।’

समाचार स्रोतहरुका अनुसार कलकत्ता प्रहरीले ‘फेक करेन्सी’ मुद्दामा दावालाई ‘मोस्ट वाण्टेड’ सूचीमा राखेको थियो । अभियोग पुष्टि भएमा दावालाई भारतीय कानुन अनुसार कारवाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...