गुण्डा नाइके दावा लामाविरुद्ध नक्कली भारतीय रुपैयाँ कारोबार गरेको अभियोग, कलकत्ता प्रहरीको कब्जामा



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीको ‘क’ श्रेणीको गुण्डाको सूचीमा रहेका दावा लामालाई भारतीय प्रहरीले ‘फेक करेन्सी’मा अनुसन्धान शुरु गरेको छ ।

शनिवार दुबईबाट नेपाल फर्कने क्रममा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका काभ्रेली समूहका दावामाथि कलकत्ता प्रहरीले अनुसन्धान शुरु गरेको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।

सुरक्षा स्रोतका अनुसार कलकत्ता प्रहरीको आग्रहमा पक्राउ परेका दावालाई दिल्लीबाट कलकत्ता लगिएको छ ।

‘कलकत्ता प्रहरीमा नक्कली भारतीय रुपैयाँ कारोबार गरेकोबारे एफआईआर (प्राथमिक सूचना रिपोर्ट)  दर्ता भएको रहेछ’ नेपालस्थित एक उच्च सुरक्षा अधिकारीले भने, ‘अहिले दावामाथि कलकत्ता प्रहरीले अनुसन्धान गरिरहेको सूचना आएको छ ।’

समाचार स्रोतहरुका अनुसार कलकत्ता प्रहरीले ‘फेक करेन्सी’ मुद्दामा दावालाई ‘मोस्ट वाण्टेड’ सूचीमा राखेको थियो । अभियोग पुष्टि भएमा दावालाई भारतीय कानुन अनुसार कारवाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...