निर्मला पन्तको हत्यारा पत्ता लगाउन कांग्रेसको प्रधानमन्त्री र प्रचण्डसँग माग, नत्र देशब्यापी आन्दोलन गर्ने घोषणा



हाम्रो इकोनोमि

 

 बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन नेपाली काँग्रेसले माग गरेको छ।

 

निर्मला पन्तको हत्यारा पत्ता लगाउन कांग्रेसले प्रधानमन्त्री र प्रचण्डसँग माग गरेका छन । हत्यारा पत्ता नलागे देशब्यापी आन्दोलन गर्ने घोषणा पनि गरेका छन ।

 

हत्यारा पत्ता लगाउन सरकारले गरेको लापरबाही, न्यायीक आन्दोलनका क्रममा भएको प्रहरी दमन लगायतमा गम्भीर भएको नेपाली काँग्रेसले हत्यारालाई कार्वाहीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको हो ।

 

वास्तविक बलात्कारी पत्ता लगाई दोषीलाई कार्वाही, आन्दोलनका क्रममा घाइते भएका घाइतेहरूको स्वास्थ्य उपचारमा सरकारबाट भएको बेवास्ता लगायत कञ्चनपुरसहित विभिन्न जिल्लाहरुमा बढिरहेका बलात्कारका घटनामा सरकार संवेदनशील नभएको भन्दै कांग्रेस केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडु, रमेश लेखक र वीरबहादुर बलायरको प्रतिनिधिमण्डलले आइतबार प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

 

प्रचण्डले हत्यारा पत्ता लगाएर कार्वाही गर्नका लागि सरकारलाई दबाब दिने आश्वासन दिएका छन् ।

 

यसअघि टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको पनि ध्यानाकर्षण गराएको थियो। प्रधानमन्त्री ओलीले घटनाका दोषी पत्ता लगाउन सरकारले कुनै कसर बाकी नराख्ने र घाइतेहरुको उपचारको लागि सरकारले लापरबाही नगर्ने प्रतिबद्धता जनाएका थिए ।

 

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाका हत्यारा पत्ता लाग्न सकेको छैन्। सरकारले छानबिन टोली खटाए पनि अहिलेसम्म टोली अलमलमा परेको बुझिन्छ ।

 

सुरक्षा निकायबाटै प्रमाण नष्ट गरिएको हुन सक्ने आशंका पनि बढेको छ। हत्यारालाई कार्वाही गर्न माग गर्दै भएको आन्दोलनमा एक जनाको मृत्यु भएका थियो भने एक जना अझै अचेत छन्। दर्जनौं घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...